टाटा मोटर्सद्वारा ट्रक एस प्रो सार्वजनिक : भारतको सबैभन्दा किफायती चार-चक्के मिनी, आरम्भिक मूल्य रु. 3.99 लाख

भारतको सबैभन्दा ठूलो व्यावसायिक वाहन निर्माता टाटा मोटर्सले साना कार्गो गतिशीलतामा परिवर्तनकारी युगको आरम्भ गर्दै पूर्ण-नयाँ टाटा एस प्रोको लञ्चसितै कार्गो गतिशीलतामा नयाँ कोशेढुङ्गा सिर्जना गरेको छ। केवल रु. 3.99 लाखको अतुलनीय आरम्भिक मूल्यसित टाटा एस प्रो भारतको सबैभन्दा किफायती चार-चक्के मिनी ट्रक हो जसले असाधारण दक्षता, अतुलनीय बहुमुखी प्रतिभा र उत्कृष्ट मूल्य प्रदान गर्दछ। उद्यमीहरूको नयाँ लहरलाई सशक्त बनाउन डिजाइन गरिएको टाटा एस प्रो पेट्रोल, बाइ-फ्युल (सीएनजी + पेट्रोल) अनि इलेक्ट्रिक भेरियण्टहरूमा उपलब्ध छ जसले ग्राहकहरूलाई तिनीहरूको व्यावसायिक आवश्यकताहरूका लागि आदर्श समाधान छनौट गर्न लचिलोपन प्रदान गर्दछ। ग्राहकहरूले देशभरिका टाटा मोटर्सका 1250 व्यावसायिक वाहन बिक्री टचपोइण्टहरूमध्ये कुनैमा वा टाटा मोटरको अनलाइन बिक्री प्लेटफर्म फ्लीट भर्समा आफ्नो मन पर्ने एस प्रो भेरियण्ट बूक गर्न सक्नेछन्। टाटा एस प्रोको स्वामीत्वलाई सुविधाजनक बनाउन टाटा मोटर्सले अग्रणी ब्याङ्कहरू अनि एनबीएफसीहरूसित सहकार्य गरेको छ जसले गर्दा त्वरित ऋण स्वीकृति, लचिलो ईएमआई विकल्पहरू अनि अधिक कोष समर्थनसहित झञ्झटमुक्त वित्तपोषण समाधानहरू प्रदान गरिएको छ जुन विविध ग्राहकहरूको आवश्यकताहरू अनुरूप छ।

एस प्रो सार्वजनिक गर्दै टाटा मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर श्री गिरीश वाघले भने, “टाटा एसको लञ्चले भारतको कार्गो मोबिलिटीमा क्रान्ति ल्याएको थियो। पछिल्ला दुई दशकमा 25 लाखभन्दा अधिक उद्यमीहरूलाई सशक्त तुल्याएर यो उन्नति र सम्भावनाको प्रतीक बनेको छ। पूर्ण रूपमा नयाँ टाटा एस प्रोमार्फत हामी सपना देख्नेहरूको नयाँ पुस्ताका लागि नयाँ उद्देश्यमा यो विरासत निर्माण गर्दैछौँ। स्थिरता, सुरक्षा र नाफाका लागि इञ्जिनियर गरिएको एस प्रोले आफ्नो भविष्यको जिम्मावारी लिन तयार इच्छुक उद्यमीहरूको महत्त्वाकाङ्क्षा पूरा गर्न ठूलो आम्दानीको सम्भावना खोलिदिनेछ। एस प्रोबारे बोल्दै टाटा मोटर्स कमर्शियल भेहिकल्स,एससीभीपीयूका भाइस प्रेसिडेण्ट तथा बिजिनेस हेड श्री पिनाकी हल्दारले भने, “उद्देश्यपूर्ण टाटा एस प्रोलाई गहिरो ग्राहक अन्तर्दृष्टिमा विकास गरिएको छ साथै विभिन्न प्रकारका प्रयोगहरू पूरा गर्न इञ्जिनियर गरिएको छ। यसले लाखौँ किलोमिटर कभर गर्दै विभिन्न भूभाग र मौसमी अवस्थाहरूमा कठोर परीक्षणहरू पार गरेको छ। यसको बहु-इन्धन विकल्पहरू, सहज किफायती अनि अधिक ड्राइभिबिलिटीसितै टाटा एस प्रोले विविध प्रयोगका मामिलाहरूमा उत्कृष्ट मूल्य प्रदान गर्दछ। यो हाम्रो पोर्टफोलियोमा एक रणनीतिक थप उपलब्धि हो जसले भरपर्दो, भविष्य-तयार गतिशीलता समाधानहरूको साथ उद्यमीहरू अनि साना व्यवसायहरूलाई सक्षम पार्ने टाटा मोटर्सको प्रतिबद्धतालाई बलियो बनाउँछ। पश्चिम बङ्गालको गतिशील अर्थतन्त्र, कोलकाताको व्यस्त वाणिज्यदेखि पहाड़ र तटीय क्षेत्रहरूमा फैलिएको ग्रामीण व्यापारले कम्प्याक्ट, इन्धन-दक्षता अनि टिकाउ कार्गो समाधान माग गर्दछ। साना खुद्रा विक्रेताहरूदेखि फ्लीट अपरेटरहरूसम्म ग्राहकहरूले उच्च पेलोड, चार-चक्के स्थिरता, सहज देखरेख अनि चालक आरामका लागि निर्मित एस प्रो रेञ्जबाट लाभ उठाउनेछन्। भण्डारण, एफएमसीजी अनि ई-कमर्स लोजिस्टिक बढ़िरहेको कोलकाता जिल्लामा ईभी भेरियण्टले साइलेण्ट, शून्य उत्सर्जन रनको साथ डेलिभरी सेवा दिनेछ भने बाइ-फ्युल अनि पेट्रोल भेरियण्टहरूले शहरी क्षेत्रमा लागत र मार्ग लचकता सुनिश्चित गर्नेछन्। कृषि प्रशोधन र एमएसएमईका लागि परिचित दुर्गापुर, आसनसोल र बाँकुरा जस्ता मध्य जिल्लाहरूमा मिनी-ट्रकले कम सञ्चालन लागतमा दैनिक सामानहरूको आवागमनलाई समर्थन गर्नेछ। मिनी-ट्रकहरूको चपलता उत्तर बङ्गालको पहाड़ी भूभाग दार्जूलिङ र कालेबुङका लागि आदर्श छ जसले चिया र फ्लोरिकल्चर ढुवानीमा सहयोग गर्दछ। माछा मार्ने र सहकारीहका लागि छोटो दूरीको यात्रा सामान्य रहेको दक्षिण 24 परगना र पूर्वी मेदिनीपुरको तटीय क्षेत्रमा हाम्रो नयाँ उत्पादले दिगो प्रदर्शन प्रदान गर्नेछ। टाटा मोटर्सको व्यापक सेवा नेटवर्क अनि स्टार गुरु सपोर्टद्वारा समर्थित एस प्रो पश्चिम बङ्गालको विकासशील लोजिस्टिक इकोसिस्टममा निर्बाध रूपले फिट हुन्छ।

By Business Bureau