भाजपा प्रदेश अध्यक्ष शमिक भट्टाचार्य उत्तर बंगालको तीन दिने भ्रमणमा छन्। कोलकाताबाट बागडोगरा विमानस्थलमा अवतरण गरेपछि उनी सिलिगुडीमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेर कुचबिहार प्रस्थान गरे। कुचबिहारमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेपछि शमिक भट्टाचार्य सिलिगुडी फर्किए।
आज बिहान भाजपा प्रदेश अध्यक्ष वरिष्ठ भाजपा नेता माखन लाल सरकारको घरमा गए। उनले उनीसँग लामो समयसम्म कुराकानी गरे। यसपछि अध्यक्ष भट्टाचार्य सिलिगुडीस्थित तुफानी संघ गए। भाजपा प्रदेश अध्यक्ष शमिक भट्टाचार्य त्यहाँ गएर टेबल टेनिस खेले।
