भारतको भावी फिल्म निर्माता पिँढ़ीलाई सशक्त बनाउन स्क्रीन एकाडेमी आरम्भ

इण्डियन एक्सप्रेस ग्रुपले भारतको भावी सिनेम्याटिक प्रतिभालाई पहिचान गरेर अभिवृद्धि गर्ने उद्देश्यमा स्क्रीन एकाडेमी नामक एक गैर-लाभदायक पहल आरम्भ गरेको छ। लोधा फाउण्डेशनद्वारा समर्थित यस एकाडेमीले प्रत्येक वर्ष प्रमुख फिल्म संस्थानहरूबाट आएका आर्थिक रूपले कमजोर तर होनहार विद्यार्थीहरूलाई स्नातकोत्तर फेलोशिप प्रदान गर्नेछ।यस पहललाई ओस्कर विजेता गुणीत मोङ्गा अनि रसूल पूकुट्टी, केन्स ग्राण्ड प्रिक्स विजेता पायल कपाड़िया तथा चर्चित स्क्रीनराइटर अञ्जुम राजाबली जस्ता प्रतिष्ठित व्यक्तित्वहरूले समर्थन गरिरहेका छन्। सहभागी फेलोहरूले फिल्म उद्योगका दिग्गजहरूबाट मेण्टरशिप, इण्टर्नशिपको पहुँच साथै व्यावसायिक विकासका अवसरहरू प्राप्त गर्नेछन्।

एफटीआईआई, एसआरएफटीआई अनि व्हिसलिङ वूड्स इण्टरनेशनल जस्ता संस्थाहरूले यस पहललाई स्वागत गर्दै यस पहलले विविध क्षेत्रका उदीयमान स्टोरीटेलरहरूका लागि शैक्षिक खाड़ल पूरा गर्ने भूमिका खेल्ने बताएका छन्।

इण्डियन एक्सप्रेस ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अनन्त गोयन्काले यस पहललाई उत्कृष्टतालाई संस्थागत बनाउने साहसी कदम बताएका छन्। लोधा समूहका अभिषेक लोधाले यो एकाडेमी सन् 2047 सम्म भारतलाई एक रचनात्मक महाशक्ति बनाउने लक्ष्यसित पङ्क्तिबद्ध रहेको बताए।एकाडेमीले स्क्रीन अवार्ड्स जस्तो प्रतिष्ठित पुरस्कार कार्यक्रमको आयोजना पनि गर्नेछ जसले सिनेमाको उत्कृष्टता प्रवर्द्धन गर्ने यसको भूमिकालाई थप सुदृढ़ बनाउनेछ।

By Business Bureau