टोयोटाद्वारा एसयूभीको अपिल अभिवृद्ध गर्न अर्बन क्रुजर हाइराइडरको निम्ति प्रेस्टिज प्याकेज सार्वजनिक

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आफ्नो लोकप्रिय सेल्फ-चार्जिङ हाइब्रिड एसयूभी अर्बन क्रुजर हाइराइडरका लागि विशेष प्रेस्टिज प्याकेज सार्वजनिक गरेको छ अनि यसको उद्देश्य गाड़ीको आकर्षक रूप र प्रयोगात्मक पक्षमा थप निखार दिनु हो। जुलाई 2025 देखि सीमित अवधिका लागि उपलब्ध यस डिलर-फिटेड एसेसोरी प्याकेजमा बडी क्ल्याडिङ, क्रोम गार्निश, हूड इम्ब्लेम र बम्पर एन्हान्समेण्टसहित 10 थरीका उच्च-मूल्यका जेन्युइन एसेसोरिजहरू समावेश छन्। यस प्याकेजले हाइराइडरको गम्भीर डिजाइन र पावरफुल एसयूभी शैलीलाई थप प्रबल बनाउने मात्र होइन टिकाउपन र सुरक्षा पनि बढ़ाउने उद्देश्य पनि राखेको छ।

अर्बन क्रुजर हाइराइडरमा टोयोटाको सेगमेण्टकै पहिलो सेल्फ-चार्जिङ स्ट्रङ हाइब्रिड इलेक्ट्रिक पावरट्रेन समावेश गरिएको छ जसमा 1.5 लिटर टीएनजीए एटकिन्सन साइकल इञ्जिन र इलेक्ट्रिक मोटर रहेको छ जसले उत्कृष्ट इन्धन दक्षता र सहज ड्राइभिङ अनुभव प्रदान गर्छ। यसमा नियो ड्राइभ माइल्ड हाइब्रिड भेरिएण्टहरू र इण्टेलिजेण्ट एडब्यूडी विकल्पहरूले यसको बहुउपयोगी क्षमतालाई अझ विस्तार गरेका छन्।

सन् 2022 मा बजारमा आएको यस गाड़ीको अहिलेसम्म एक लाखभन्दा अधिक युनिट बिक्री भइसकेको छ जसले भारतमा टिकाउ मोबिलिटीप्रति टोयोटाको प्रतिबद्धता र यसको हाइब्रिड प्रविधिप्रति उपभोक्ताको विश्वासलाई झल्काउँछ।

By Business Bureau