“एक पेड़ माँ के नाम” अभियान अन्तर्गत केवल १ घण्टामा ५००,००० भन्दा अधिक बिरूवा रोपेर ऐतिहासिक सफलता हासिल गरेपछि सेभ अर्थ मिशनले विश्वको ध्यान खिच्दै जलवायु चेतनाको नयाँ लहर शुरू गरेको छ। गिनीज वर्ल्ड रेकर्ड तोड्ने यस अभियानमा भारतभरिबाट व्यापक सहभागिता देखिएको थियो। यो अभियान अन्तर्राष्ट्रिय रूपमा उत्सवको रूपमा पालन गरियो र फोर्ब्स, फक्स, बिजनेस इनसाइडर लगायतका प्रतिष्ठित मिडिया संस्थाहरूमा समेत प्रकाशित हुन साथै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरूले प्रमुख समाचारको रूपमा प्रस्तुत गरेका थिए।
अब, सेभ अर्थ मिशन विश्वव्यापी बनिरहेछ।
संस्थाले हालै आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम ‘सेभ अर्थ मिसन ग्लोबल भिजन अनभेलिङ’- को आधिकारिक घोषणा गरेको छ। यो एक ऐतिहासिक भेला हुनेछ, जसमा सेभ अर्थ मिसनको विश्वव्यापी रणनीति सार्वजनिक गरिनेछ जस अन्तर्गत वर्ष २०४० सम्म ३० बिलियन बिरूवा लगाउने लक्ष्य राखिएको छ अनि विश्वलाई नेट-शून्य कार्बन उत्सर्जनतर्फ लैजानेसम्बन्धी दृष्टिकोण प्रस्तुत गरिनेछ।
यो ऐतिहासिक कार्यक्रम ३ जुलाई, २०२५ बेलुकी ६:०० बजे (भारतीय समयअनुसार), भारतको अहमदाबादस्थित प्रख्यात जीआईएफटी सिटी क्लबमा आयोजना हुने छ।
यस विश्वव्यापी घोषणा सेभ अर्थ मिशनको यात्रामा एक ऐतिहासिक कदम हो, जहाँ संस्थाले आफ्नो विस्तारित कार्ययोजना सार्वजनिक गर्नेछ र विभिन्न देशहरूमा रहेका शाखाहरूलाई एउटै साझा जलवायु लक्ष्यतर्फ एकजुट हुन आह्वान गर्नेछ। सेभ अर्थ मिशनको वैश्विक सञ्जालबाट नेतृत्वपंक्ति, प्रतिनिधिहरू र स्वयंसेवकहरूको उपस्थितिको अपेक्षा गरिएको यस कार्यक्रममा, विभिन्न देशहरूको परिदृश्य अनुसार बिरूवा रोपण अभियानहरू थालनी गर्ने, नयाँ अन्तर्राष्ट्रिय सहकार्यहरू गठन गर्ने र वन पुनर्स्थापना तथा तिनको टिकाउपनातर्फ तीव्र कदम चाल्ने आधार तयार गरिनेछ।
कार्यक्रम स्थल विश्वव्यापी सार्वजनिक मतदान प्रक्रियामार्फत निर्धारित गरिएको हो, जसमा अबुधाबी, दुबई, गोवा, ब्याङ्कक र अहमदाबादजस्ता शहरहरूलाई सेभ अर्थ मिसनको विश्व समुदाय समक्ष प्रस्तुत गरिएको थियो। यसमा सर्वाधिक मत प्राप्त गर्दै, अहमदाबादलाई कार्यक्रमको आयोजना स्थलको रूपमा चयन गरिएको हो, जसले भारतलाई जलवायु संरक्षणको नयाँ अध्यायको केन्द्रबिन्दुको रूपमा स्थापित गरेको छ।
सेभ अर्थ मिशन, भारतका अध्यक्ष सन्दीप चौधरीले भने,
“यो केवल भारतको मात्र होइन, सम्पूर्ण विश्वको लागि गर्वको क्षण हो। जनताले आफ्नो मत दिएका छन् र अहमदाबाद वैश्विक जलवायु एकताको प्रतीकको रूपमा उदाएको छ।” “ग्लोबल भिजन अनभेलिङ कार्यक्रममा म सेभ अर्थ मिशनको विश्वव्यापी बिरूवा रोप्ने कार्ययोजना, सीमापार सहकार्यहरू र नागरिक, निजी क्षेत्र र सरकारहरूलाई कसरी एकजुट गरी सन् २०४० सम्म ३० बिलियन बिरूवा रोप्ने लक्ष्य हासिल गर्ने भन्ने विषयमा प्रस्तुत गर्नेछु,” सन्दीप चौधरीले अघि भने।
सेभ अर्थ मिसन ग्लोबल भिजन अनभेलिङ कार्यक्रममा मुख्य प्रस्तुतीहरू रणनीतिक सहकार्य घोषणाहरू, देशअनुसार वृक्षारोपण प्रतिबद्धताहरू, सांस्कृतिक प्रस्तुतिहरू र पृथ्वीको पारिस्थितिक प्रणाली पुनर्स्थापना गर्ने साझा विश्वव्यापी घोषणा प्रस्तुत गरिनेछ। यो कार्यक्रम विश्वव्यापी जलवायु परिवर्तन विरुद्धको संघर्षमा एक निर्णायक मोड हो- जहाँ प्रतिज्ञाहरूलाई कार्यान्वयनले प्रतिस्थापन गर्नेछ र हरित, दिगो विश्व निर्माणतर्फ सामूहिक कदम चालिनेछ।
