भारतका उत्कृष्ट छोटा कथाहरूका लागि स्थापित तथा प्रशंसित प्लेटफर्म रोयल स्ट्याग ब्यारल सेलेक्ट शर्ट्सले आफ्नो नयाँ थीमयुक्त अभियान वर द सेलेक्ट वन्स सार्वजनिक गरेको छ। यसमा चर्चित कलाकार राजकुमार राव र पत्रलेखा जस्ता चर्चित कलाकारहरू प्रस्तुत छन्। एफसीबी नियोद्वारा परिकल्पना गरिएको यस अभियानले ती व्यक्तिहरूलाई श्रद्धाञ्जली अर्पण गर्दछ जसले आफ्नो सफलताको यात्रामा सधैँ सोचविचार गरेर निर्णय लिए अनि आफ्नो मूल्यमान्यता र आकाङ्क्षाहरूप्रति निष्ठावान रहेर परिष्करण र ज्ञानका लागि प्रयासरत रहे। ब्राण्डको सफलताको दर्शनमाथि आधारित यो अभियान चलचित्र सांस्कृतिक र कलात्मक प्रस्तुति हो। यसले रोयल स्ट्याग ब्यारल सेलेक्ट शर्ट्सको मौलिक, उद्देश्यपूर्ण अनि विशिष्ट भाष्यको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ।
विगत केही वर्षमा यस प्लेटफर्मले भारतका सबैभन्दा प्रशंसित कलाकार तथा निर्देशकहरूसित सहकार्य गर्दै आएको छ। सुजोय घोष, अनुराग कश्यप, नीरज घायवान, दिबाकर ब्यानर्जी अनि तिग्मांशु धुलिया आदि प्रत्येकले परिष्कृत कलात्मक लेन्सलाई प्रतिविम्बित गर्ने विशिष्ट, विचार उत्तेजक कथाहरू प्रस्तुत गरेर योगदान दिएका छन्। दुवै आफ्नो भिन्नै छनौट र आकर्षक प्रदर्शनका लागि परिचित राजकुमार राव र पत्रलेखालाई एकसाथ ल्याएर यस अभियानले दर्शकहरूसित ब्राण्डको भावनात्मक सम्बन्ध अझ गहिरो बएको छ। यी दुई कलाकारको यात्राले सेलेक्ट हुनुको वास्तविक अर्थको सारलाई मूर्त रूप दिन्छ। अभियानबारे बोल्दै पर्नोड रिकर्ड इण्डियाका चीप मार्केटिङ अफिसर कार्तिक मोहिन्द्राले भने, “रोयल स्ट्याग ब्याकल सेलेक्ट शर्ट्सले जिज्ञासु अनि विवेकी दर्शकहरूका लागि वैश्विक स्तरको भाष्य प्रस्तुत गर्ने एक इकोसिस्टम बनाएको छ जसले गर्दा यो भारतमा छोटो चलचित्रका लागि गन्तव्य बनिरहेको छ। आफ्नो विशिष्ट छनौटहरूमार्फत सफलतालाई मूर्त रूप दिने व्यक्तिहरूको उत्सव मनाउँदै हाम्रो नयाँ थीमयुक्त फर द सेलेक्ट वन्स अभियानमार्फत हाम्रो ब्राण्डको सेलेक्ट स्टोरीटेलिङ यात्राको अर्को अध्यायलाई हामी जारी राख्दछौँ।
एफसीबी नियाका सीसीओ मयुरेश दुबाशीले भने: “यो फिल्म सटीक छनौट गर्ने कलाका लागि मौन श्रद्धाञ्जली हो। विकल्पहरूले भरिएको संसारमा हामीले केलाई अस्वीकार गर्छौँ अनि केलाई अँगाल्छौँ भन्ने विषयले साँचो पहिचानलाई आकार दिन्छ। राजकुमार राव र पत्रलेखासित मिलेर यो कथा तयार गर्ने प्रक्रिया त्यस सूक्ष्म आन्तरिक यात्रालाई कैद गर्ने विषयाबारे थियो जहाँ प्रत्येक चयन विरासत निर्माणको ब्लक बन्छ। यो रोयल स्ट्याग ब्यारल सेलेक्ट शर्ट्सको परिष्कृत आँखा र निडर दृष्टिकोण भएका व्यक्तिहरूको सम्मान गर्ने चरित्रसित सुन्दर तरिकाले मेल खान्छ।” आफ्ना विचारहरू साझा गर्दै राजकुमार रावले भने, “वर्षहरूमा मैले सिकेँ कि साँचो सफलता आफूलाई प्रामाणिक राख्न र तपाईँ आफू मूलमा को हुनुहुन्छ भनेर झल्काउने छनौटहरू गर्नमा निहित छ। चाहे यो मैले अभिनय गरेको पात्रहरूमा होस् वा जीवनमा गर्ने निर्णयहरूमा होस् मैले सधैँ भौतिक र उद्देश्यबीच सन्तुलन कायम राख्ने लक्ष्य राखेको छु। सेलेक्ट वन्सका लागि इमानदारी, विचारशीलता र व्यक्तित्वलाई महत्त्व दिने सोचको यो एक शक्तिशाली प्रतिविम्ब हो। म रोयल स्ट्याग ब्यारल सेलेक्ट शर्ट्सको विवेकपूर्ण छनौटहरूको बललाई उत्सव मनाउने अभियानको हिस्सा बन्न पाउँदा गर्व गर्छु।
