सिलिगढी नगर निगमका वार्ड ४६ का मेयर तथा एमआईसी दिलीप बर्मन फेरि एकपटक सरसफाइ कर्मचारीहरूलाई सहयोग गर्न अगाडि आएका छन्। आज उनले ४० जना सरसफाइ कर्मचारीहरूलाई मनसुनबाट जोगाउन रेनकोट प्रदान गरे।
यसका साथै वडाका महिला कर्मचारीहरूलाई छाता वितरण गरिएको थियो। यति मात्र होइन, दिलीप बाबुले वडामा फोहोर संकलन गर्न अटो सेवाको पनि उद्घाटन गरे। यस अवसरमा उनले वडाका एक सामाजिक कार्यकर्ताको आर्थिक अनुदानबाट यो अटो सेवा सुरु गरिएको बताए।
