वाहदाम® इण्डियाद्वारा चिया, जड़ीबुट्टी र मसला उत्पादक समुदायहरूका लागि आफ्नो प्रमुख छात्रवृत्ति कार्यक्रमको विस्तार

उत्कृष्ट चिया, जड़ीबुट्टी र वनस्पतिहरूलाई विश्व बजारमा पुर्याीउँदै आएको भारतकै एक प्रमुख घरेलु कल्याणकारी ब्राण्ड वाहदाम® इण्डियाले आफ्नो प्रमुख सामाजिक पहल टीचमी®अन्तर्गत नन्दलाल र सविता देवी सारदा छात्रवृत्तिको 2025 एडिशन घोषणा गरेको छ। सन् 2018 मा आरम्भ गरिएको टीचमी® कार्यक्रम वाहदाम® को दीर्घकालीन सामाजिक प्रभाव कार्यक्रम हो जसले किसानका बालक-बालिकाहरूको शिक्षामा सहयोग पुर्या उँछ। यस पहलअन्तर्गत दुई मुख्य अवयवहरू छन्, प्रथम ग्रामीण भारतभरि डिजिटल लर्निङ सेण्टर (डीएलसी) स्थापना गर्नु अनि दोस्रो छात्रवृत्ति कार्यक्रममार्फत योग्य विद्यार्थीहरूलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गर्नु।

सन् 2020 मा औपचारिक रूपले आरम्भ गरिएको छात्रवृत्ति खण्डलाई 2025 संस्करणमा थप विस्तार गरिएको छ। यस संस्करणमा (1) स्पार्क, (2) एसेण्ड अनि (3) एम तीन संरचित कार्यक्रमहरूमार्फत पहुँच बढ़ाइएको छ साथै सहयोगको स्तर उल्लेख्य रूपले वृद्धि गरिएको छ। छात्रवृत्ति भारतभरिका प्रमुख चिया, जड़ीबुट्टी अनि मसला उत्पादन हुने क्षेत्रका विद्यार्थीहरूका लागि खुल्ला छ जसमा पश्चिम बङ्गाल (दार्जीलिङ, सिलगढ़ी, डुवर्स, तराई), आसाम, तमिलनाडु (नीलगिरी), हिमाचल प्रदेश (काङ्ग्रा उपत्यका), केरला, कर्नाटक र महाराष्ट्र सामेल छन्।

वाहदाम® इण्डियाका संस्थापक तथा सीईओ बाला सारदाले भने, “2025 संस्करणमार्फत अझ धेरै योग्य विद्यार्थीहरूसम्म पुग्ने हामीले आशा राखेका छौँ अनि उज्ज्वल भविष्य निर्माणमा शिक्षाको शक्तिलाई उजागर गर्न सहयोग गर्न चाहन्छौँ।”  आवेदन विवरण: आर्थिक वर्ष 2025-26 का लागि आवेदन मिति 20 जून 2025 देखि आरम्भ  भएर 20 जुलाई 2025 सम्म खुल्ला रहनेछ। आवेदन वाहदाम® को आधिकारिक वेबसाइटमार्फत गर्न सकिनेछ।

https://www.vahdam.com/pages/teach-me

By Business Bureau