द्वारे राशनमार्फत दिघाको जगन्नाथ मन्दिरको प्रसाद घर-घरमा वितरण गर्ने कार्य राजगञ्जमा आरम्भ भएको छ। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको वाचाअनुसार जगन्नाथ मन्दिरको महाप्रसाद घर-घरमा पुर्यादउने अभियानको शुभारम्भ गरिएको हो। शुक्रवारदेखि राजगञ्ज ब्लकको बिन्नागुड़ी ग्राम पञ्चायतअन्तर्गत साहुडाङ्गी वरिपरिको क्षेत्रमा द्वारे राशन योजनामार्फत यो विशेष प्रसाद वितरण भइरहेको छ। बितेको महीनाको अक्षय तृतीयाको दिन मुख्यमन्त्रीले दिघा समुद्र किनारमा नवनिर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरेकी थिइन्। त्यसै अवसरमा राज्यका प्रत्येक नागरिकले जगन्नाथ देवको आशीष पाउन सकून् भनेर मन्दिरको महाप्रसाद घर-घरमा पुर्यागइने तिनले घोषणा गरेकी थिइन्। सोही घोषणाअनुसार अहिले राजगञ्जमा महाप्रसाद वितरण आरम्भ गरिएको हो।
प्राप्त जानकारीअनुसार यो प्रसाद वितरण 20 जूनदेखि आरम्भ भई 26 जूनसम्म चल्नेछ। तोकिएको क्षेत्रमा रहेका राशन डिलरमार्फत प्रत्येकको घरमा यो महाप्रसाद पुर्यााइँदैछ। प्रसादको प्याकेटमा दिघा जगन्नाथ मन्दिरको तस्वीर रहेको छ र त्यसमा एक थान मिठाई र एक थान सन्देश राखिएको छ।
आज राशन डिलर चित्तरवञ्जन रायले भने, सरकारी निर्देशनअनुसार हामी सबै राशन डिलरलाई यो प्रसाद घर-घरमा पुर्यातउने जिम्मावारी दिइएको छ। सोही निर्देशनअनुसार आजदेखि हामीले द्वारे राशन योजनामार्फत प्रसाद वितरण आमर्भ गरेका छौँ।
घर घर जगन्नाथको महाप्रसाद
