टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज “सस्टेनेबल रिसोर्स म्यानेजमेण्ट ड्राइभ” विषयवस्तुको नारासहित पर्यावरण महीना 2025 को औपचारिक आरम्भ गर्दै दिगोपनप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। यो पहल टोयोटा इनभाइरोन्मेण्टल च्यालेञ्ज 2050 तथा “टोयोटा ग्लोबल भिजन 2050” लाई साकार तुल्याउने विषयगत प्रयाससित मेल खान्छ। कम्पनी तथा यसको सम्पूर्ण भ्यालु चेनमा दिगोपनको संस्कृतिलाई अझ बलियो बनाउनु यस अभियानको उद्देश्य हो।
यस वर्षको अभियानमा “जिरो बेस थिङ्किङ” को अवधारणालाई विशेष जोड़ दिइएको छ जसअनुसार सम्पूर्ण स्रोतहरूको पुनः मूल्याङ्कन गरिन्छ र केवल वास्तविक मूल्य दिने तत्त्वहरूलाई मात्र कायम राखिन्छ। यसले रिफ्युज, रिसाइकल (चक्रीय अर्थतन्त्र), रियुज र रिड्युस (4आर) को माध्यमबाट दीर्घकालीन दिगो कार्य क्षमताको प्रबर्द्धन गर्दछ।
प्रत्येक वर्ष जून महीनामा मनाइने टोयोटाको ग्लोबल इनभाइरोन्मेण्ट मन्थ पर्यावरणीय मुद्दाहरूमा सक्रियता बढ़ाउने साझा मञ्चको रूपमा प्रयोग गरिन्छ। 2025 को संस्करणले चेतना र संलग्नता बढ़ाउने निरन्तर प्रयासलाई अघि बढ़ाएको छ।
कार्यक्रमका अवसरमा टोयोटा किर्लोस्कर मोटरका एक्जिक्युटिभ भाइस प्रेसिडेण्ट तथा म्यानुफ्याक्चरिङ डाइरेक्टर श्री बी. पद्मनाभले भने, “पर्यावरणीय उत्तरदायित्व हाम्रो टीकेएमको संस्थागत दर्शन र कार्यनीतिमा गहिरो रूपले समावेश छ। पर्यावरण महीना केवल क्यालेण्डरको एक घटना भन्दा अधिक हाम्रो सम्पूर्ण भ्यालु चेनमा संलग्न प्रत्येक व्यक्तिलाई हरित भविष्य निर्माणमा योगदान पुर्यारउने आह्वान हो। हाम्रो ‘जिरो बेस थिङ्किङ’ ले हामीलाई साना सुधारभन्दा पर लैजाँदै दीर्घकालीन परिवर्तनशील समाधान अँगाल्न प्रेरित गर्छ। प्रत्येक पहलले सरोकारवालाहरूलाई संलग्न गराउँदै दिगो जीवनशैली र हरित नवप्रवर्तनबारे व्यावहारिक जानकारी प्रदान गर्छ।”पर्यावरण महीना 2025 को क्रममा टीकेएमले कार्बन न्यूट्रालिटी, न्यूनतम पर्यावरणीय प्रभाव र दिगो कार्य संस्कृतिको प्रबर्द्धन गर्ने आफ्नो दृढ़ संकल्प दोहोर्यागएको छ। “रेस्पेक्ट फर द प्लानेट” टोयोटाको दर्शनद्वारा निर्देशित यस पहलले दीर्घकालीन पर्यावरण उत्तरदायित्वलाई प्रेरित गर्ने अर्थपूर्ण सहकार्य र भविष्यमुखी समाधानहरूमार्फत कार्यमा रूपान्तरण गर्दछ।
