मेडिका नर्थ बेङ्गल क्लिनिकद्वारा सिलगढ़ीमा बिरुवा रोपण अनि सामुदायिक हरित अभियानसित विश्व पर्यावरण दिवस पालन

मेडिका नर्थ बेङ्गल क्लिनिक (मणिपाल अस्पताल समूहको एकाइ) ले सामुदायिक संलग्नता र पर्यावरणीय दिगोपनमाथि केन्द्रित हरियो पहलसितै विश्व पर्यावरण दिवस 2025 मनाएको छ। अस्पतालले वार्ड काउन्सिलर श्रीमती गार्गी च्याटर्जीको उपस्थितिमा प्रधान नगर (एमएचएसजी वार्ड) मा बिरुवा रोपण कार्यक्रम आयोजना गरेको छ जसले सफा, स्वस्थ सिलगढ़ी निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ। उत्सवकै हिस्साको रूपमा 25 वटा छेउछाउका पसलहरूलाई बिरुवाहरू पनि वितरण गरियो जसले हरियाली, अधिक पर्यावरण-सचेत भविष्यतर्फको आन्दोलनमा स्थानीय सहभागितालाई प्रोत्साहित गर्दछ। यस पहलले पर्यावरणीय हेरचाह एक साझा जिम्मावारी हो भन्ने विषयलाई सम्झना गराएको छ। यसले वर्तमान र भावी पुस्ता दुवैलाई प्रभाव पार्नेछ।

5 जूनमा विश्वव्यापी रूपमा मनाइने विश्व पर्यावरण दिवसले हामीलाई जीवित राख्ने प्रकृतिको तत्काल संरक्षण गर्ने आवश्यकताको बोध गराउँदछ। जलवायु परिवर्तन, प्रदूषण र पारिस्थितिक असन्तुलनले विशेष गरी सिलगढ़ी जस्ता द्रुत गतिमा बढ़िरहेको शहरी केन्द्रहरूमा स्वास्थ्य र जीविकोपार्जनलाई जोखिममा पारेको छ। स्वास्थ्य सेवा संस्थाहरूको भूमिका अस्पतालको पर्खालभन्दा बाहिर सार्वजनिक स्वास्थ्यलाई प्रभाव पार्ने पारिस्थितिक प्रणालीसम्म फैलिएको छ।

मेडिका क्यान्सर अस्पताल र मेडिका नर्थ बेङ्गल क्लिनिक (मणिपाल अस्पताल समूहको एक हिस्सा) का अस्पताल डाइरेक्टर सञ्जय सिंह महापात्राले भने, “स्वास्थ्य र पर्यावरण गहिरो रूपमा जोड़िएका छन् भन्ने हामी विश्वास गर्दछौँ। सफा, हरियालीपूर्ण संसारले सामुदायिक कल्याण, रोग रोकथाम र भावी पुस्ताको जीवनको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्छ। यस विश्व पर्यावरण दिवसमा सिलगढ़ीमा अस्पतालको रूपमा मात्र नभई हामीले सेवा गर्ने समाजको एक जिम्मावार सदस्यको रूपमा हाम्रो पहल सामूहिक कार्यलाई प्रेरणा दिने दिशामा एउटा सानो तर अर्थपूर्ण कदम हो।”

By Business Bureau