चोरी गरेको सुन पगालेर त्यसलाई बेच्ने योजना बनाएको थियो अपराधीले। तर त्यसअघि नै चोरीको घटनामा मुख्य आरोपीलाई एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति फूलबारी 1 ग्राम पञ्चायतअन्तर्गत कामराङ्गागुड़ीका वासिन्दा जाहिदुल अली हुन्। केही दिनअघि पोड़ाझार क्षेत्रमा बस्ने दिपाली घोष नामकी महिलाको घरमा चोरी भएको थियो। अपराधीहरूले दिपालीको घरबाट सुनका गहना चोरेर सुइँकुच्चा ठोकेका थिए। त्यसपछि उक्त महिलाले एनजेपी थानामा सम्पूर्ण घटनाबारे लिखित रूपमा प्राथमिकी दर्ता गराएकी थिइन्।
जाँच थालेर पुलिसले विभिन्न सीसीटिभी फूटेजहरू जाँच गर्योठ। त्यसपछि जाहिदुललाई नियन्त्रणमा लिएर सोधपुछ आरम्भ गरियो। पुलिसको दाबीअनुसार सोधपुछमा आरोपीले चोरी गरेको स्वीकार गरेको छ। त्यसपछि पुलिस उक्त आरोपीबाट सुनका गहना उद्धार गर्न सफल भयो।
पुलिसको भनाइअनुसार आरोपीले सुन पगालेर बेच्ने योजना बनाएको थियो। आइतवार पक्राउ परेका जाहिदुललाई जलपाइगढ़ी जिल्ला न्यायालयमा प्रस्तुत गरियो। न्यायाधीशले तिनलाई न्यायिक हिरासतमा राख्ने आदेश दिएका छन्। जाहिदुलले गहना कहाँ पगालेका थिए अनि त्यसलाई कहाँ बेच्ने योजना बनाएका थिए भन्ने विषयमा पुलिसले थप जाँच गरिरहेको छ।
चोरी सुन बेच्नअघि आरोपी पक्राउ
