टोयोटा किर्लोस्कर मोटरले हालै सिलगढ़ीमा आफ्नो दमदार हाइलक्स ब्ल्याक एडिशनको विशेष टेस्ट ड्राइभ आयोजना गऱ्यो। यसमा यस वाहनको प्रिमियम अफ-रोड क्षमता र आकर्षक डिजाइन अपग्रेडहरू सम्भावित ग्राहक तथा अटोप्रेमीहरूसमक्ष प्रस्तुत गरियो।
2.8 लिटरको फोर-सिलिण्डर टर्बो-डिजल इञ्जिनद्वारा सञ्चालित यसले 500 एनएम टर्क शक्ति उत्पादन गर्छ साथै 6-स्पिड अटोमेटिक ट्रान्समिशन र 4×4 ड्राइभट्रेनसहितको यस हाइलक्स ब्ल्याक एडिशनले चुनौतीपूर्ण भूभागमा पनि सहज प्रदर्शन देखाउँदै टेस्ट ड्राइभरहरूलाई प्रभावित पारेको छ। सुरक्षा सुविधाहरूमा 7 एसआरएस एअरब्याग, भेहिकल स्ट्याबिलिटी कण्ट्रोल (भीएससी), ट्र्याक्शन कण्ट्रोल (टीसी) र हिल असिस्ट कण्ट्रोलले सुरक्षित अनुभव सुनिश्चित गर्दछन् भने इलेक्ट्रोनिक डिफरेन्शियल लक र 700 मिमी वाटर वेडिङ क्षमता जस्ता विशेषताहरूले यसको अफ-रोड ताकत झल्काउँदछन्।
हाइलक्स ब्ल्याक एडिशनको पूर्ण ब्ल्याक एक्सटेरियर- ब्ल्याक फ्रण्ट ग्रिल, अलोय ह्वील, डुअर ह्याण्डल र ओआरभीएम आदिले यसको दमदार र प्रिमियम स्वरूपलाई थप उँचाइ दिँदछन्। यसका इण्टेरियरमा प्रिमियम लेदर सिट, डुअल-जोन एसी, स्मार्टफोन कनेक्टिभिटीसहितको आठ इञ्चको टचस्क्रिन र पावर ड्राइभर सिट जस्ता सुविधाहरू उपलब्ध छन्। सिलगढ़ीमा गरिएको यस टेस्ट ड्राइभले साहसिक यात्राप्रेमी, ट्रान्सपोर्ट अपरेटरहरू अनि लाइफस्टाइल वाहन किन्ने ग्राहकहरूबीच निकै चासो सिर्जना गरेको छ। यसले यस क्षेत्रमा उच्च प्रदर्शनयुक्त पिकअप ट्रकहरूको माग बढ्दै गइरहेको सङ्केत दिँदछ।
टोयोटा हाइलक्स ब्ल्याक एडिशनको टेस्ट ड्राइभ सिलगढ़ीमा आकर्षणको केन्द्र
