भारतको सबैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले भूटानका दुर्गम क्षेत्रका उत्साही शिक्षकहरूलाई आफ्नो बृहत् समुदाय ‘ग्यालेक्सी इम्पावर्ड’ मा स्वागत जनाएको छ। समुदायद्वारा नेतृत्व गरिएको यो विशेष कार्यक्रम हो जसले शिक्षण, प्रशासन र नेतृत्वमा संलग्न व्यक्तिहरूलाई सशक्त बनाउँदै शिक्षाको रूपान्तरण गर्ने लक्ष्य लिएको छ।‘ग्यालेक्सी इम्पावर्ड’-ले शिक्षकहरूलाई भोलिको कक्षा शिक्षणका लागि तयार गर्न बारम्बार हुने भौतिक र अनलाइन सिकाइ कार्यक्रममा सहभागी गराउँछ। यो कार्यक्रम भारतमा दिसम्बर 2024 देखि आरम्भ भएको थियो। अब इमर्सिभ कार्यशाला र सहकार्यमा आधारित सिकाइमार्फत भूटानी शिक्षकहरू पनि प्रविधि र नवप्रवर्तनद्वारा शिक्षालाई पुनर्परिभाषित गर्ने अभियानमा सहभागी भएका छन्। सामसङले भूटानका दुर्गम र सेवाबाट वञ्चित क्षेत्रहरूमा कार्यरत शिक्षकहरूका लागि गुरुग्रामस्थित आफ्नो एक्जिक्युटिभ बिजनेस सेण्टर (ईबीसी) मा ‘ग्यालेक्सी इम्पावर्ड’ इमर्सन कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा शिक्षकहरूले ग्यालेक्सी स्मार्टफोन, ग्यालेक्सी बूक, ट्याब्लेट, फ्लिपबोर्ड र डिस्प्ले लगायतका ग्यालेक्सी इकोसिस्टमका उपकरणहरूको प्रत्यक्ष अनुभव गरे।
यससितै तिनीहरूलाई सामसङका नवीनतम शैक्षिक प्रविधिहरू – आधुनिक र समावेशी शिक्षणका लागि विशेष रूपले तयार पारिएका ग्यालेक्सी उपकरण र ग्यालेक्सी एआई एप्लिकेसनहरूबारे पनि जानकारी दिइयो। यो कार्यक्रम भूटानको शिक्षा तथा कौशल विकास मन्त्रालयअन्तर्गत टिचर एण्ड एडुकेशनल लीडरशिप डिभिजन (टीईएलडी) को साझेदारीमा सम्पन्न भएको थियो। “मैले कहिल्यै इण्टऱ्याक्टिभ ह्वाइटबोर्ड प्रयोग गरेको थिइनँ। यसलाई प्रत्यक्ष रूपमा देखेर आफ्ना विद्यार्थीहरूका लागि कक्षालाई अझ रोचक बनाउने थुप्रै विचारहरू आए,” वाङ्दुको प्राथमिक विद्यालयकी शिक्षिका खाण्डुले भनिन्। सामसङको क्षेत्रीय मुख्यालयमा आयोजित इमर्सन कार्यक्रममा भूटानका विभिन्न विद्यालयका शिक्षकहरूले भाग लिए जसमा खाण्डोथाङ प्राइमेरी स्कूल (साम्से), पेलरीथाङ हायर सेकेण्डरी स्कूल (गेलेफु, सर्पाङ), लोबेसा लोवर सेकेण्डरी स्कूल (पुनाखा जोङ्गखाग), योचेन सेण्ट्रल स्कूल (पेमा गात्शेल), फुन्सोलिङ प्राइमेरी स्कूल (फुन्सोलिङ थ्रोम्डे) र छुखा जोङ्गखाग आदिका शिक्षकहरू सामेल थिए। “आज देखिएको प्रविधिले श्रेणी कक्षालाई कसरी अझ रमाइलो र विद्यार्थीमैत्री बनाउन सकिन्छ भन्ने देखाइयो। हामीले आफ्ना विद्यालयहरूमा ससाना परिवर्तन गरेर कसरी प्रयोग गर्न सकिन्छ भन्ने सोचिरहेको छु,” पेलरीथाङ हायर सेकेण्डरी स्कूल (गेलेफु, सार्पाङ) का शैक्षिक प्रमुख घनश्याम ढुङ्गानाले भने।
एक विश्वव्यापी प्रविधि अग्रणी कम्पनीका रूपमा सामसङ भविष्यका कक्षा तयार पार्ने उद्देश्यले शिक्षकहरूलाई नवीन प्रविधि र आधुनिक शिक्षण विधिहरू समावेश गर्न प्रेरित गर्दै शिक्षाको भविष्य रूपान्तरण गर्न समर्पित छ। ‘ग्यालेक्सी इम्पावर्ड’ जस्ता पहलहरूमार्फत सामसङले शिक्षकहरूलाई मात्र नभएर विद्यालयहरूलाई पनि शैक्षिक नवप्रवर्तनमा अगुवा बन्न सहयोग पुर्यालइरहेको छ।“शिक्षकलाई सशक्त पार्नु भनेको श्रेणी कक्षालाई जिज्ञासा, सिर्जनशीलता र सम्बन्धको उज्यालो ठाउँमा रूपान्तरण गर्ने प्रेरणा दिनु हो भन्ने सामसङमा हामी विश्वास गर्छौँ। ‘ग्यालेक्सी इम्पावर्ड’ मार्फत हामी भावी पुस्ताहरूको सोचमा परिवर्तन ल्याउन प्रेरणा प्रदान गर्न चाहन्छौँ। यो कार्यक्रम भारतबाहिर पनि विस्तार भई विश्वव्यापी सिकाइ र सहकार्यको प्लेटफर्म बन्न थालेको देख्दा हामी गर्वित छौँ,” सामसङ इण्डियाका प्रवक्ताले भने। ‘ग्यालेक्सी इम्पावर्ड’ कार्यक्रम शिक्षक तथा विद्यालयहरूका लागि निःशुल्क रूपमा उपलब्ध छ। यसले आर्थिक अवरोधहरूबिना शैक्षिक उन्नतिका लागि आवश्यक स्रोतहरू सुनिश्चित गर्छ। यसमा अनलाइन तालिमहरू, आत्म-गतिका कोर्सहरू तथा प्रत्यक्ष बुटक्याम्पहरू समावेश छन्। “यस भ्रमणले मलाई सम्झायो कि प्रविधि केवल ठूला शहरका लागि मात्र होइन। सही सहयोग प्राप्त भए दुर्गम विद्यालयहरूले पनि यस्ता नवप्रवर्तनको लाभ लिन सक्छन्,” जिगमेलिङ प्राइमेरी स्कूलका (ताङ, बुम्थाङ) का कार्यवाहक प्रधानाध्यापक पेमा दोर्जीले बताए। भारतमा ‘ग्यालेक्सी इम्पावर्ड’ अन्तर्गत दिसम्बर 2024 देखि हालसम्म 250 भन्दा अधिक विद्यालयका 4800 भन्दा बढ़ी शिक्षकहरूलाई प्रमाणपत्र दिइएको छ। सन् 2025 सम्म यसले भारतभरि 600 विद्यालयका 20000 शिक्षकहरूलाई सशक्त बनाउने लक्ष्य राखेको छ।