वी 100000 टावर विस्तारको उत्सव स्वरूप नयाँ अभियान सार्वजनिक

वोडाफोन आइडिया लिमिटेड (वी) ले आर्थिक वर्ष 2024-25 को पहिलो छ महीनामा 100000 भन्दा अधिक टावर थपेर आफ्नो नेटवर्क पूर्वाधार विकासलाई तीव्र बनाएको छ। यसले भारतको डिजिटल अर्थतन्त्रमा गरिएको सशक्त लगानीलाई प्रतिविम्बित गर्दछ। यस तीव्र विस्तारले उच्च गतिको कनेक्टिविटीप्रति बढ्दो मागलाई समर्थन गर्दछ। शहरी तथा अर्ध-शहरी क्षेत्रमा आर्थिक उत्पादकता र डिजिटल समावेशितालाई अगाड़ि बढ़ाउन यसो गर्न अति आवश्यक छ। वीआईको रणनीतिक विस्तारले 4जी र 5जी दुवै नेटवर्कमा सुधार ल्याएको छ। मुम्बई, चण्डीगढ़ र पटनामा 5जी सेवा आरम्भ भइसकेको छ भने दिल्ली र बेङ्गलोरमा शीघ्र आरम्भ गर्ने तयारी चलिरहेको छ। 900 एमएचजेड-देखि 2300 एमएचजेड-सम्म स्पेक्ट्रम ब्याण्डमा गरिएको अपग्रेडले अहिले 1.07 अरबभन्दा बढ़ी जनसङ्ख्यालाई समेट्ने गरी नेटवर्क विस्तार भएको छ। यसले डेटा गति र सेवाको विश्वासनीयतामा सुधार ल्याएको छ भने व्यवसायिक निरन्तरता र उपभोक्ता संलग्नताका लागि यो अत्यन्तै महत्त्वपूर्ण छ।
क्रिकेट टोलीको रूपमा स्टाइल गरिएका एनिमेटेड टावर अवतारहरू प्रस्तुत गर्ने वीआईको नेट्टिस अभियानको आरम्भले तीव्र टेलिकम बजार प्रतिस्पर्धामाझ ब्राण्ड इक्विटी र ग्राहकसित सम्बन्ध बढ़ाउन आईपीएल उत्साहलाई प्रयोग गर्दछ। सुदृढ़ नेटवर्क पूर्वाधारले स्थानीय आर्थिक वृद्धिमा टेवा पुर्यााउने अपेक्षा गरिएको छ। यसले व्यवसाय र उपभोक्तालाई अझ सही डिजिटल पहुँच प्रदान गर्नेछ। सुधारिएको कनेक्टिविटीले इ–कमर्स, शिक्षा र सेवा प्रवाहलाई सहज बनाउनेछ। वीआईका चिफ मार्केटिङ अफिसर अवनीश खोसलाले बताएअनुसार यो रणनीतिक विस्तार हाई ट्राफिक जोनहरूमा केन्द्रित छ जसले वीआईलाई दिगो आर्थिक प्रभाव र भविष्यको सेवा प्रदान गर्न सक्षम बनाउनेछ।

By Business Bureau