मधुमेह र उच्च रक्तचाप : मिर्गौला स्वास्थ्यका लागि दोहोरो जोखिम

मधुमेह र उच्च रक्तचाप संसारका सबैभन्दा साधारण दीर्घकालीन रोगहरूमध्ये दुई हुन् जसले मिर्गौला स्वास्थ्यमा ठूलो प्रभाव पार्छन्। यी दुवै क्रोनिक किडनी डिजिज (सीकेडी) का मुख्य कारक हुन् जुन एक अपक्षयी रोग हो र यदि बेवास्ता गरिए मिर्गौला असफलतामा परिणत हुन सक्छ। यी रोगहरूको प्रगति ढिलो गर्न र रोगीहरूको परिणाममा सुधार गर्न साथै यी रोगहरूले मिर्गौलामा कसरी प्रभाव पार्छन् भनेर बुझ्नु र बहुविषयक हेरचाहको दृष्टिकोण अत्यन्त आवश्यक छ।

मधुमेह र उच्च रक्तचापले मिर्गौलामा पार्ने प्रभाव:

मधुमेहमा दीर्घकालीन रूपमा उच्च रक्तशर्करा स्तरले मिर्गौलाका mसाना रक्तनलीहरूलाई हानि पुर्यामउँछ जसले फिल्टर गर्ने क्षमतालाई कम्ती गर्छ। यस क्षतिको कारण मूत्रमा प्रोटिन चुहावट (एल्बुमिनुरिया) हुन्छ जुन मिर्गौला रोगको प्रारम्भिक सङ्केत हो। समय क्रममा यसले मिर्गौला कार्य क्षमता घटाउँछ। साथै मधुमेहले स्नायु पदार्थमा क्षति पुर्या उन सक्छ जसले पिसाबको थैलीको कार्यमा प्रभाव गर्छ र यसले सङ्क्रमणको जोखिम बढ़ाउँछ। त्यसो हुँदा मिर्गौलालाई थप हानि पुर्यायउँछ। उच्च रक्तचाप जसलाई हाइपरटेन्शन पनि भनिन्छ, हाइपरटेन्शनले मिर्गौलाका रक्तनलीहरूमा अतिरिक्त दबाउ थपेर मिर्गौला रोगलाई गम्भीर बनाउँछ। त्यसको परिणाम स्वरूप मिर्गौलामा पुग्ने रक्तको मात्रा कम्ती हुन्छ जसले तिनीहरूलाई हानि पुर्यानउँछ र यस्तो अभावपूर्ण चक्र सिर्जना हुन्छ जसमा रिनल चोटका कारण रक्तचाप व्यवस्थापनमा ह्रास ल्याउँछ। नियन्त्रण नभएको उच्च रक्तचापले हृदय सम्बन्धी समस्याहरूको जोखिम बढ़ाउँछ र सीकेडीको प्रगतिलाई तीव्र पार्दछ।

बहुविषयक हेरचाहको महत्त्व

मिर्गौला स्वास्थ्यलाई जोगाउन मधुमेह र उच्च रक्तचापको व्यवस्थापन गर्न, नेफ्रोलोजिष्ट, इनडोक्रिनोलोजिष्ट, कार्डियोलोजिष्ट, पोषणविद, मधुमेह शिक्षण विशेषज्ञहरू र प्राथमिक चिकित्सकहरूसहितको टोली-आधारित दृष्टिकोण आवश्यक पर्दछ। यस एकीकृत हेरचाह मोडलले यी जटिल अवस्थाका सबै पक्षहरूको व्यापक व्यवस्थापन सुनिश्चित गर्दछ।

बहुविषयक नेतृत्त्वका महत्त्वपूर्ण तत्त्वहरू

●          प्रारम्भिक पहिचान : मधुमेह र उच्च रक्तचाप भएका रोगीहरूमा नियमित रूपले मिर्गौला कार्य क्षमता र मूत्र प्रोटिन परीक्षण गरेर समयमा निदान र उपचार सम्भव हुन्छ।

●          उपयुक्त औषधी: एसीई इनहिबिटर वा एआरबी जस्ता औषधीहरूले रक्तचापलाई लक्ष्य स्तर (सामान्यतया 130/80 mmHg भन्दा तल) मा ल्याएर मिर्गौला सुरक्षामा सहयोग पुर्या्उँछन्। व्यक्तिगत HbA1c लक्ष्यहरू र कड़ाइसित ग्लाइसेमिक नियन्त्रणले मधुमेहबाट मिर्गौलाको हानिलाई कम्ती गर्छ।

●          जीवनशैलीमा परिवर्तन : स्वस्थ आहार (नुन कम्ती र प्रोटिन बढ़ी), नियमित व्यायाम, तौल नियन्त्रण र धूम्रपान छोड्नु अत्यन्त आवश्यक छ। रोगीहरूलाई सहयोग पुर्यारउन मधुमेह शिक्षण विशेषज्ञ र पोषणविद् महत्त्वपूर्ण छन्।

●          हृदय सम्बन्धी जोखिम व्यवस्थापन : सग्र स्वास्थ्य जोखिम घटाउन कोलेस्ट्रोल नियन्त्रण, औषधीहरूको पालना सुनिश्चित गर्नु र मनोवैज्ञानिक समर्थन प्रदान गर्नुपर्छ।

●          समन्वित हेरचाह : रोगीहरूको पालना बढ़ाउन, प्रगति मूल्याङ्कन गर्न र उपचार योजना अनुकूल बनाउन, बहुविषयक टोलीले नियमित रूपमा सञ्चार गर्दछ।

मधुमेह र उच्च रक्तचापले एकसाथ मिर्गौला कार्य क्षमताप्रति ठूलो जोखइम सिर्जना गर्छन्। तर चाँड़ै पत्तो लगाउने र बहुविषयक दृष्टिकोणको सहायताले मिर्गौला असफलतामा प्रगति ढिलो गर्न वा रोक्न सकिन्छ। यी रोग भएका रोगीहरूको परिणाम र जीवनस्तर सुधार गर्न, चिकित्सकीय उपचार, जीवनशैलीमा परिवर्तन र रोगी शिक्षण समावेश गर्ने सहकार्यात्मक हेरचाह मोडलहरू अत्यावश्यक हुन्छन्।

यो सङ्क्षिप्त लेखले मधुमेह र उच्च रक्तचापसित सम्बन्धित मिर्गौला रोगको समाधानमा एकीकृत हेरचाहको महत्त्वमाथि जोड़ दिन्छ अनि व्यावहारिक रोकथाम तथा उपचार विकल्पहरूमा केन्द्रित छ। लिंक: https://www.yashodahospitals.com/

डा. शशि किरण ए, परामर्शदाता नेफ्रोलोजिष्ट, यशोदा अस्पताल, मलकपेट, हैदराबाद-द्वारा लिखित

By Business Bureau