आत्मनिर्भर बन्दै गिद्ध पहाड़

गिद्ध पहाडको भ्यू पोइण्टअघि सानो पसल खोल्दै गीता भारती एकपछि अर्को गर्दै नेपाली संस्कृतिको झझल्को दिने कपड़ाहरू बाहिर निकाल्दै थिइन्। गीताकी बहिनी वर्षा त्यो बेला कुर्सीहरू मिलाउन व्यस्त थिइन्। वर्षाले भनिन्, “यिनै कुर्सीहरूमा हामी यी कपड़ाहरू सजाउनेछौँ।” बाटोको अर्को किनारमा रहेको रेस्टुरेण्टमा अर्चना थापा मोमो बनाउन थालिसकेकी थिइन्। भ्यू पोइण्टतर्फ हेर्दै तिनले भनिन्, “मध्यान्हतिर पर्यटकहरू आउँछन्। तिनीहरूको मन प्रसन्न पार्न मोमो चाहिन्छ।” अर्चनाको भनाइ जस्तै मध्यान्ह हुँदै जाँदा भ्यू पोइण्टमा पञ्जाबबाट मानसी सिंह, रूपेश सिंहहरू पुगे। भ्यू पोइण्टमा उभिएर तिनीहरू बालासन, मेची नदी हेर्न थाले। तब अर्चनाहरूको पसलमा भीड़ बढ्न थाल्यो। केवल भावुक स्वरमा अनीशा तामाङले भनिन्, “गत तीन वर्षमा यहाँ पर्यटकहरूको आगमन निकै बढ़ेको छ। पर्यटकहरूको मायाले हाम्रो अर्थतन्त्र नै परिवर्तन भएको छ।” पर्यटन व्यवसायलाई केन्द्र बनाएर त्यहाँको पेशा परिवर्तन हुँदै गएको छ। सामाजिक सञ्जाल र रील्सको युगमा गिद्ध पहाड़ जति चिनिँदै गयो उति नै पर्यटकहरूको आवागमन बढ़ेको छ। त्यसैले अर्चनाहरू जस्तै धेरैजना चियाबारीका श्रमिकको काम छोडेर अब पर्यटन व्यवसाय समात्दै आत्मनिर्भर हुने सङ्घर्षमा जुटेका छन्।

By Piyali Poddar