सिमाना भ्यू पोइण्टमा पर्यटकहरूको आगमनमा वृद्धि

पहाड़मा पर्यटन मौसम आरम्भ भइसकेको छ। पर्यटकहरूको आगमनमा व्यापक रूपमा वृद्धि भएर गएको देखिन्छ। सुकेपोखरीअन्तर्गत भारत नेपाल सीमावर्ती क्षेत्रमा अवस्थित गोलीटार भ्यू पोइण्ट सिमाना बजारमा पर्यटकहरूको आगमन यसपालि धेरै भइरहेको एलटी शेर्पाले बताए। शेर्पाअनुसार सिमानाको एकमात्र पर्यटन केन्द्र गोलीटारमा प्रत्येक दिन सयभन्दा अधिक पर्यटकहरू आइरहेका छन् जसको कारण खुद्रा व्यापारीहरूको आय पनि वृद्धि भएर गएको छ। प्राकृतिक सम्पदाहरूले भरिभराउ गोलीटार स्थानीय बेरोजगारहरूको निम्ति वरदान बनेको शेर्पाले बताए। बाहिबाट हेर्दा साधारण देखिने गोलीटार भ्यू पोइण्टबाट कञ्चनजङ्गा, चित्रे गुम्बा, मानेभञ्ज्याङ बजार, सन्दकफू, फालुटसितै नेपालको इलाम, सोमवारे आदि स्थानहरूको रमणीय दृश्य अवलोकन गर्न सकिने तिनले बताए। यहाँबाट देखिने प्राकृतिक मनोरम दृश्यहरूबाट आनन्द उठाउन धेरै पर्यटकहरू यहाँ आइरहेका पनि शेर्पाले बताए।

By Piyali Poddar