पश्चिम बङ्गालको विकासलाई अघि बढ़ाउँदै फ्लिपकार्ट : विक्रेताहरूको सशक्तीकरण, रोजगारको सिर्जना अनि समुदायहरूको रूपान्तरण

आफ्नो समृद्ध सांस्कृतिक सम्पदाका लागि प्रसिद्ध पश्चिम बङ्गाल राज्य अहिले भारतको अग्रणी ई–कमर्स अङ्गीकरण, रोजगार सिर्जना र विक्रेताहरूको सशक्तीकरणका केन्द्रहरूमध्ये एकको रूपमा उदाइरहेको छ। भारतमै जन्मिएको ई–कमर्स मार्केटप्लेस फ्लिपकार्टले 4.2 लाखभन्दा अधिक विक्रेताहरूलाई सशक्त बनाउँदै, 1 लाखभन्दा अधिक प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार सिर्जना गर्दै अनि राज्यभरि दिगो विकासलाई प्रबर्द्धन गरेर यस परिवर्तनको अगुवाइ गर्दै आइरहेको छ। पश्चिम बङ्गालमा फ्लिपकार्टको पहलले एमएसएमईहरू, कारीगरहरू अनि स्थानीय व्यवसायहरूको वृद्धिमा उल्लेखनीय योगदान दिएको छ। बालकबालिकाको कपड़ा, पुरुषहरूको ब्राण्डविहीन फेसन, महिलाहरूको जातीय पोशाक, खाद्य तथा पोषण साथै फेसन पहिरनहरू जस्ता कोटीहरू राष्ट्रिय स्तरमा लोकप्रिय बन्दै गइरहेका छन्। आसनसोल, दुर्गापुर, हाउड़ा, कोलकाता, खड़गपुर अनि सिलगढ़ी जस्ता शहरहरूमा बिक्री धेरै बढ़ेको छ। विक्रेताहरूको प्लेटफर्ममा समावेश हुने दरमा 70% र लिस्टिङमा 150% वार्षिक वृद्धिले फ्लिपकार्टले बजार पहुँचलाई लोकतान्त्रिक बनाएको पुष्टि हुँदछ। फ्लिपकार्टले एमएसएमई विभाग, अल्पसङ्ख्यक मामिला विभागसित साझेदारी गरेर माइक्रो अनि साना उद्यमीहरूलाई ई–कमर्स र उत्पाद सूचीकरणको लाभबारे शिक्षा, अभिमुखीकरण अनि तालिम प्रदान गरेर आजीविका सिर्जनामा सहयोग पुर्या्इरहेको छ।

पश्चिम बङ्गालमा रहेको फ्लिपकार्टको पूर्वाधार 4.1 मिलियन वर्ग फूटभन्दा अधिक क्षेत्रमा फैलिएको छ। यसले राज्यमा फ्लिपकार्टको बलियो उपस्थिति दर्शाउँछ। मुख्य सुविधाहरूमध्ये हरिनघाटामा सबैभन्दा ठूलो फुलफिल्मेण्ट सेण्टर जो हुगलीमा ग्रोसरी हब हो, कोलकातामा विशाल वितरण केन्द्र, चारवटा साना फुलफिल्मेण्ट सेण्टर अनि मदर हबहरू जलपाइगढ़ी, सिलगढ़ी अनि हाउड़ामा छन्, कोलकातामा दुईवटा जीभ्स एफ-1 सेवा केन्द्रहरू सामेल छन्। साथै फ्लिपकार्टको विस्तारित सञ्जालमा 25 वटा लास्ट-माइल हबहरू अनि 69 वटा शहर-आधारित लोजिस्टिक्स हबहरू सामेल छन् जसले सम्पूर्ण क्षेत्रमा विक्रेताहरू र ग्राहकहरूलाई सहज सेवा उपलब्ध गराउँदछ। ई–कमर्सको परिवर्तनकारी शक्तिबारे प्रकाश पार्दै पश्चिम बङ्गालको नदियामा रहेको दत्ता साड़ी घरका मालिक बिट्टु दत्तले भने, “फ्लिपकार्टको कारण मेरो ई–कमर्सको यात्रा सहज रह्यो। फ्लिपकार्ट समर्थसित साझेदारीले मलाई हाम्रो क्षेत्रको सम्पदालाई देखाउने अवसर मात्र दिएन तर मेरो व्यवसायलाई 300 उच्च प्रदर्शन गर्ने लिस्टिङहरूमा विस्तार गर्न पनि सहयोग गर्योि। यो प्लेटफर्म परम्परागत हस्तकलालाई जोगाउने मेरो सपना पूरा गर्न, 25 बुनकरहरूको समुदायलाई जीविकोपार्जन उपलब्ध गराउन सफल माध्यम बन्यो।”

पश्चिम बङ्गालको बारासातका उद्यमी कोमल प्रसाद पाल पनि यस कार्यक्रमको प्रभावको प्रमाण हुन्। एक दुःखद दुर्घटनामा आफ्नो दाहिने हात गुमाएपछि कोमलले आफ्नो जीवन पुनर्निर्माण गर्न फ्लिपकार्ट समर्थ रोजे। “मैले दिनको एउटा बिक्रीबाट आरम्भ गरेँ तर अहिले म दैनिक 50 भन्दा अधिक उत्पाद बिक्री गर्छु। फ्लिपकार्टले मेरो पुनर्स्थापनाको यात्रामा महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले मेरो मात्र होइन मेरो परिवारको भविष्यप्रति विश्वास पनि फर्काएको छ।” बिक्रीमा 100% भन्दा अधिक वृद्धि भएसँगै थप कामदार राख्न सकिएको तिनले बताए। सन् 2019 देखि फ्लिपकार्टको समर्थ कार्यक्रमले कारीगरहरू, बुनकरहरू, किसानहरू र उद्यमीहरूलाई सशक्त बनाउँदै आइरहेको छ। पश्चिम बङ्गालमा यसले ई–कमर्स पहुँच, तालिम र बजार सम्पर्कद्वारा परम्परागत हस्तकलाको संरक्षण गर्दै 28000 भन्दा अधिक उत्पादहरू सूचीबद्ध गर्न सहयोग गरेको छ। समर्थ कृषि पहलले किसान उत्पादक सङ्गठनहरूलाई थोक आपूर्ति र वेबिनारहरूद्वारा ग्रामीण आय दिगो बनाउन सहयोग पुर्यालइरहेको छ। फ्लिपकार्टले एआई प्रविधिबाट हुने ठगी नियन्त्रण, 24×7 सुरक्षा, सीओडी सीमितता र एसओएस हेल्पलाइनद्वारा आफ्नो कार्यबलको सुरक्षामाथि ध्यान दिएको छ जबकि महिला डेलिभरी पार्टनरहरूलाई आत्मरक्षा तालिम र लचिलो कार्य अवधिको सुविधा दिइएको छ। त्यससितै पश्चिम बङ्ग सोसाइटी अफ स्किल डेभेलपमेण्टसित साझेदारीमा फ्लिपकार्टले लोजिस्टिक्समा व्यावहारिक तालिम र रोजगारको अवसर प्रदान गर्दै आइरहेको छ। अल इण्डिया आर्टिसन्स एण्ड क्राफ्टवर्कर्स वेल्फेयर एसोसिएशन (एआईएसीए) सित सहकार्यद्वारा फ्लिपकार्टले वातावरणमैत्री कारीगर उद्यमहरूलाई पनि प्रबर्द्धन गरिरहेको छ। कौशल विकास, दिगोपन र विक्रेता सशक्तीकरणमाथि केन्द्रित रहेर फ्लिपकार्टले पश्चिम बङ्गाललाई डिजिटल र समावेशी विकासको केन्द्र बनाउने दिशामा महत्त्वपूर्ण योगदान दिइरहेको छ।

By Business Bureau