फाँसीदेवा ग्रामीण अस्पतालमा तनाउपूर्ण स्थिति

रोगीको मृत्युको कारण फाँसीदेवा ग्रामीण अस्पतालमा तनाउ सिर्जना भएको छ। पेटको समस्याको कारण तीन दिनअघि फाँसीदेवाको कालुजोतका वासिन्दा मोहम्मद तमिजुद्दीनलाई अस्पतालमा भर्ना गरिएको थियो। सरकारी ग्रामीण अस्पतालमा भर्ना गरिएपछि पनि रोगीलाई उचित उपचार सेवा प्रदान नगरिएको आरोप छ। बिहीवार रोगीको मृत्यु भएपछि स्थिति तनाउपूर्ण बन्यो। उक्त दिन ड्युटीमा रहेका चिकित्सकविरुद्ध विरोध प्रदर्शन आरम्भ भयो। त्यसपछि फाँसीदेवा थानाबाट पुलिस टोली घटनास्थलमा पुग्यो। खबर पाएपछि सिलगढ़ी महकुमा परिषदका कार्याध्यक्ष अइनुल हक पनि त्यहाँ पुगे। शवलाई पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। यद्यपि रोगीको मृत्यु हृदयघातको कारण भएको फाँसीदेवा ब्लक स्वास्थ्य अधिकारी डा. साहिनुर इस्लामले बताएका छन्।

By Piyali Poddar