जिल्ला निरीक्षक कार्यालयअघि प्रभावित कर्मचारीहरूको विक्षोभ प्रदर्शन

गत बिहीवार सर्वोच्च न्यायालयले कलकत्ता उच्च न्यायालयद्वारा दिइएको पश्चिम बङ्गाल स्कूल सर्भिस कमिशनको 2016 नियुक्ति प्यानल नै रद्दको फसेला यथावत राख्दै फसेला सुनायो। सर्वोच्च न्यायालयले कलकत्ता उच्च न्यायालयको फसेलालाई यथावत राखेपछि 2016 पश्चिम बङ्गाल स्कूल सर्भिस कमिशनको नियुक्ति प्रक्रियामार्फत रोजगार पाउने 25752 जना सरकारी विद्यालयका कर्मचारीहरू प्रभावित बने। उक्त फसेला आएपछि प्रभावित बनेका सिलगढ़ी अनि यसका संलग्न क्षेत्रका सरकारी विद्यालयका कर्मचारीहरूले आज हासमी चोकबाट ऱ्याली निकाले। 350 भन्दा अधिक प्रभावित सरकारी विद्यालयका कर्मचारीहरूले सिलगढ़ी महाविद्यालयनजिक रहेको जिल्ला विद्यालय निरीक्षकको कार्यालयअघि सड़कमै बसेर विक्षोभ प्रदर्शन गरेका छन्। तिनीहरूले जिल्ला विद्यालय निरीक्षक कार्यालयको गेटमा ताला लगाइदिए। जिल्ला विद्यालय निरीक्षक राजीभ प्रामाणिकलाई भेटेर ज्ञापन चढ़ाउने तिनीहरूले माग गरिरहेका थिए। खबर लेखुञ्जेल जिल्ला विद्यालय निरीक्षक राजीभ प्रामाणिकले आन्दोलनकारीहरूसित भेट गरेका थिएनन्। सूत्रअनुसार जिल्ला विद्यालय निरीक्षक राजीभ प्रामाणिक कार्यालयमा उपस्थित थिएनन्। तर यता आन्दोलनकारीहरू भने जिल्ला विद्यालय निरीक्षक नआएसम्म सड़कमै डटिरहने बताएका छन्। त्य़ससितै तिनीहरूले योग्य अनि अयोग्य प्रार्थीहरूको पृथकीकरणको माग पनि लगातार उठाइरहेका छन्।

By Piyali Poddar