दूधेस्थित दखली हुँदै नोल डाँड़ा जाने सड़कको अवस्था जीर्ण भएको छ। गोरामुमो समयमा दखलीदेखि नोलसम्म सड़क निर्माण भएको थियो। पछि जीटीएले उक्त सड़कको मरम्मती कार्य गरे पनि अहिले सड़कको अवस्था सोचनीय बनेको छ। सड़कको सोचनीय अवस्थाको कारणले गर्दा बाइक स्कूटीदेखि लिएर ससाना गाड़ीहरूलाई यातायात गर्नु धेरै असुविधा भइरहेको स्थानीय वासिन्दाहरूको भनाइ छ। दिनहुँ यातायात गर्ने वाहन चालकहरू, नोल डाँड़ा अनि छोटा टिङलिङका युवाहरूद्वारा कतिपल्ट त सड़कको मरम्मती गरिएको हो। दखलीदेखि नोल डाँड़ासम्म जाने सड़क बड़ा टिङलिङ फाटकस्थित हाइवेमा जोड़िएकाले दूधेबाट मिरिक आउजाउ गर्ने प्रायः वाहनहरू यही सड़क भएर यातायात गर्छन्। तर पनि सड़कको अवस्था सोचनीय छ। विशेष गरेर आइतवारको दिन दूधे बाङ्गे बजार लाग्ने गर्छ भने आइतवारको दिन बजार गर्न आउने मानिसहरूको भीड़ रहन्छ भने सड़कको अवस्था भने धेरै खराब छ। त्यसकारण कुनै दिन ठूलै दुर्घटना हुन सक्ने स्थानीय मानिसहरूको आशङ्का छ। यस सड़कलाई जीटीएले यथाशीघ्र मरम्मती गर्नुपर्ने स्थानीय मानिसहरूको माग छ।
दखलीदेखि नोल डाँड़ासम्म सड़क जीर्ण
