नगर निगमद्वारा अवैध संरचनाविरुद्ध कार्वाही

सिलगढ़ी नगर निगमले शहरमा अवैध निर्माण र अतिक्रमणविरुद्ध अभियान जारी राखेको छ। बुधवार सिलगढ़ी नगर निगमले अवैध रूपमा बनाइएका संरचनाहरूविरुद्ध कार्वाही गर्दै वार्ड नम्बर 2 मा रहेको बहुतल्ले भवनको पार्किङ क्षेत्रमा निर्माण गरिएका दुईवटा अवैध पसलहरू भत्काइदिएको छ। प्राप्त रिपोर्टहरूअनुसार, भवन निर्माणपछि पार्किङ क्षेत्रमा अवैध रूपले दुईवटा पसल बनाएर भाड़ामा लगाइएको थियो। यसबारे नालिश प्राप्त भएपछि नगर निगमले भवन मालिकलाई पसल हटाएर पार्किङ क्षेत्र पुनर्स्थापित गर्न निर्देश दिएको थियो। तर उक्त निर्देशलाई अदेखा गरियो। पछि यो मुद्दा उच्च न्यायालयसम्म पुग्यो। उच्च न्यायालयले अवैध संरचनाहरू भत्काउने आदेश दियो। न्यायालयको आदेशलाई कार्यान्वयन गर्दै नगर निगमले बुधवार बुल्डोजर चलाएर पार्किङ क्षेत्र खाली गराएको हो।
भत्काइएपछि पसल मालिकहरूले असन्तोष व्यक्त गर्दै यदि पसलहरू अवैध थिए भने नगर निगमले व्यापारको अनुमतिपत्र कसरी जारी गर्योस? भनेर प्रश्न उठाएका छन्। यसैबीच भवन मालिकले आफूहरूलाई पर्याप्त समय नदिई कार्वाही गरिएको गुनासो गरेका छन् र अन्य धेरै अवैध संरचनाहरूलाई भने प्रशासनले नछोएको बताए।

By Piyali Poddar