टोयोटा किर्लोस्कर मोटरद्वारा हाइलक्स ब्ल्याक एडिसन प्रस्तुत

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आफ्नो लिजेण्डरी लाइफस्टाइल पिकअपको बोल्ड नयाँ भर्सन हाइलक्स ब्ल्याक एडिसन प्रस्तुत गरेको छ। यो विशेष संस्करण साहसिक यात्रा र शहरी सोफिस्टिकेशन दुवैको निम्ति डिजाइन गरिएको छ। यसले हाइलक्सको प्रसिद्ध मजबुतीलाई कायम राख्दै आकर्षक सम्पूर्ण ब्ल्याक एक्स्टेरिअर, प्रिमियम आरामदायी विशेषताहरू र सुधारिएको सुरक्षा प्रविधिहरू समावेश गर्छ। यो पिकअप 2.8 लिटर फोर-सिलिण्डर टर्बो-डिजल इञ्जिनद्वारा सञ्चालित छ जसलाई 6-स्पीड अटोमेटिक ट्रान्समिसन (500 एनएम टर्क) सित जोड़िएको छ। 4X4 ड्राइभट्रेनसहित यसको उत्कृष्ट अफ-रोड क्षमता छ र यसको उच्चतम 700 एमएम वाटर वेडिङ क्षमता छ। डिजाइन सुधारहरूमा ब्ल्याक रेडिएटर ग्रिल, 18 इञ्च ब्ल्याक एलोई व्हील, ब्ल्याक ओआरभीएम कभर र एलईडी लाइटिङ समावेश छन् जसले यसलाई अझ आकर्षक बनाएको छ।
यसको केबिनमा लक्जरियस छालाको सिट, आठ इञ्चको टचस्क्रिन इन्फोटेनमेण्ट सिस्टम (एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्टसहित), डुअल-जोन क्लाइमेट कण्ट्रोल र आठ-तरिकाले एड्जस्ट गर्न मिल्ने पावर ड्राइभर सिट समावेश छ। सुरक्षा विशेषताहरूमा 7 एसआरएस एयरब्याग, भेहिकल स्ट्याबिलिटी कण्ट्रोल (भीएससी), ट्र्याक्शन कण्ट्रोल (टीसी) र उन्नत ब्रेकिङ तथा सहायक प्रणालीहरू रहेका छन्।
हाइलक्स ब्ल्याक एडिसनको बुकिङ भारतभरि सबै टोयोटा डिलरशिपहरूमा खुल्ला भइसकेको छ र डेलिभेरी मार्च 2025 मा आरम्भ हुनेछ। 360-डिग्री डिजिटल अनुभवका लागि उत्साहीहरूले टोयोटाको भर्चुअल शोरुममार्फत यस मोडेलको विस्तृत अन्वेषण गर्न सक्नेछन्।

By Business Bureau