चितुवाको आक्रमणमा महिला घाइते

चितुवाले आक्रमण गर्दा फालाकाटाको तसाती चियाबारीमा काम गरिरहेकी एउटी महिला श्रमिकलाई घाइते भएकी छन्। मङ्गलवार भएको उक्त घटनाले चियाबारी वरिपरि क्षेत्रमा त्रास फैलिएको छ। घाइते श्रमिकको नाम दुखुनी मुण्डा हो। प्राप्त रिपोर्टअनुसार मङ्गलवार बिहान अन्य श्रमिकहरूसित चियाबारीमा काम गरिरहेकी बेला अचानक झाड़ीबाट निस्किएको चितुवाले दुखुनीलाई आक्रमण गऱ्यो। चितुवाको आक्रमणमा तिनलाई निकै चोटपटक लागेको छ। तिनको चित्कार सुनेर अन्य श्रमिकहरू तुरुन्तै घटनास्थलमा पुगे र तिनलाई उद्धार गरे। तिनलाई पहिले तसाती चियाबारी अस्पतालमा लगिएको थियो तर पछि थप उपचारका लागि बीरपाड़ा राज्य सामान्य अस्पतालमा लगिएको छ।

By Piyali Poddar