एचडीएफसी लाइफद्वारा क्लिक 2 एचिभ पार एडभाण्टेज लञ्च

भारतको अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक एचडीएफसी लाइफले आफ्नो नयाँ उत्पाद एचडीएफसी लाइफ क्लिक 2 एचिभ पार एडभाण्टेज सार्वजनिक गरेको छ। यस सहभागी बीमा योजनालाई व्यक्तिको जीवनका विभिन्न चरणहरूमा पर्ने महत्त्वपूर्ण लक्ष्यहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको हो। जब मानिसहरू आफ्ना बढ्दो आकाङ्क्षा / लक्ष्यहरूका लागि वचत गर्छन् तब छोटो समयमै प्राप्त हुने रकम, लचकता अनि भविष्यको आर्थिक सुरक्षामाथि प्राथमिकता दिइएको देखिन्छ। एचडीएफसी लाइफ क्लिक 2 अचिभ पार एडभाण्टेज योजना निम्न विशेषताहरूसहित उपलब्ध छ: (1) पोलिसी कण्टिन्युएन्स बेनेफिट (पीसीबी), (2) मृत्यु लाभको बहु विकल्प र (3) पेड अप एडिशन।

भारतीय ग्राहकहरूको निरन्तर बदलिँदो आवश्यकताहरू पूरा गर्न एचडीएफसी लाइफले जीवन बीमा क्षेत्रमा नवीनतम समाधानहरू ल्याउने काम गर्दै आइरहेको छ। आर्थिक वर्ष 2024 मा 99.50% क्लेम सेट्टलमेण्ट रेसियो (दाबी भुक्तान प्रतिशत) थियो अनि यति उच्च क्लेम सेट्टलमेण्टले एचडीएफसी लाइफको ग्राहकहरूप्रति प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। उत्पादको लञ्चबारे बोल्दै एचडीएफसी लाइफअन्तर्गत प्रोडक्ट्स अनि सेग्मेण्ट्सका हेड अनीश खन्नाले भने, हामी एचडीएफसी लाइफमा जीवन बीमा योजनाहरू प्रत्येक व्यक्तिको उमेर, जीवनको चरण, वर्तमान आम्दानी र भविष्य योजनालाई ध्यानमा राखेर डिजाइन गरिनुपर्छ भन्ने हामी विश्वास गर्छौँ।

By Business Bureau