बजाज अलियाञ्ज जनरल इन्स्योरेन्सले एसिया, मध्य पूर्व र उत्तर अफ्रिकाभरिका उत्कृष्ट जनरल र स्वास्थ्य बीमा एडभाइजरहरूलाई सम्मान गर्न ग्लोबल इन्स्योरेन्स एक्सिलेन्स अवार्ड्स (जीआईईए) 2025 घोषणा गरेको छ। एसिया इन्स्योरेन्स रिभ्यू (एआईआर) को साझेदारीमा दिइने यी अवार्डहरूले जीवन र व्यवसाय सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रोफेसनलहरूलाई सम्मान गर्छ।
अवार्डमा 11 वर्गहरू सामेल छन् जसमध्ये बेष्ट हेल्थ इन्स्योरेन्स एअडभाइडर, बेष्ट मल्टीलाइन इन्स्योरेन्स एडभाइजर अनि लाइफटाइम एचिभमेण्ट अवार्ड मुख्य छन्। सिङ्गापुर, मलेसिया, इजिप्ट, श्रीलङ्का र भारतका अनुभवी अन्तर्राष्ट्रिय विशेषज्ञहरूको प्यानलले मनोनयन गरिएका व्यक्तिहरूको मूल्याङ्कन गर्नेछ। विजेताहरूलाई यस वर्षभित्रै भारतमा विशेष समारोहबीच सम्मान गरिनेछ।
गान्तोकका धेरै मानिसहरूका लागि बीमा एडभाइजरहरू वित्तीय सल्लाहकार मात्र नभई आवश्यकताको बेला भरपर्दा साथी पनि हुन्। उद्यमशीलता र पर्यटन व्यवसाय बढ्दै जाँदा स्वास्थ्य, मोटर र सम्पत्ति बीमाको माग पनि बढ्दै गइरहेको छ। जीआईईए अवार्ड्सले गान्तोकका बीमा एडभाइजरहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान पाउने अवसर प्रदान गर्छ जसले वित्तीय सुरक्षामा तिनीहरूको महत्वपूर्ण भूमिकालाई उजागर गर्छ। जीआईईए अवार्ड्स 2025 का लागि मनोनयन 19 फरवरीदेखि 20 मार्च 2025 सम्म खुल्ला छ इच्छुक व्यक्तिहरूले www.asiainsurancereview.com/giea2025 मा आवेदन गर्न सक्छन्।