घरको स्वामीत्वलाई वास्तविकता बनाउँदै पीएनबी होम लोन एक्सपो 2025

पञ्जाब नेशनल ब्याङ्क (पीएनबी) ले होम लोन एक्सपो 2025 मार्फत घर किन्न चाहने इच्छुक व्यक्तिहरूलाई सशक्त बनाउनेछ। भारतभरि 150 भन्दा बढ़ी शहरहरूमा फरवरी 7 र 8 तारिख आयोजना हुने यस एक्सपोले विभिन्न लाभ र सहज प्रक्रियासहित आफ्नै घर किन्न इच्छुक व्यक्तिहरू र परिवारहरूलाई सहयोग पुर्यावउनेछ। एक्सपोमा 8.40% को प्रतिस्पर्धी ब्याज दरदेखि आरम्भ गरेर आकर्षक होम लोन अफर गरिनेछ जसले घर किन्ने प्रक्रियालाई अझ सरल बनाउनेछ। पीएनबीले झञ्झटरहित प्रक्रिया अपनाउँदै तत्काल लोन स्वीकृति दिने सुविधा उपलब्ध गराउनेछ जसले खरीदकर्ताहरूलाई छिट्टै आफ्नो निर्णय कार्यान्वयन गर्न सहयोग गर्नेछ। साथै ब्याङ्कले होम लोनसित सम्बन्धित कानूनी शुल्कमा छुट प्रदान गर्दै वित्तीय भारलाई घटाउनेछ।

यसको एक प्रमुख विशेषता पीएनबी सूर्य घर योजनालाई दिगो जीवनशैलीको प्रवर्द्धनमा डिजाइन गरिएको छ। यस योजनाअन्तर्गत सौर्य प्यानल जड़ान गर्नका लागि केवल 7.00% को न्यूनतम ब्याज दरमा होम लोन उपलब्ध हुनेछ। यसले घर मालिकहरूलाई ऊर्जा लागत घटाउन र हरित भविष्य निर्माण गर्न सघाउनेछ।

एक्सपोमा सहभागी बन्नेहरूले पीएनबीका विशेषज्ञ लोन अधिकारीहरूसित व्यक्तिगत परामर्श प्राप्त गर्न सक्नेछन् जसले आवश्यक वित्तीय मार्गदर्शन दिनेछन्। साथै विभिन्न राशि अनि स्थानहरूमा नवीनतम घरजग्गा परियोजना र लगानीका अवसरहरूबारे जानकारी प्रस्तुत गर्ने प्रमुख रियल स्टेट डेभलपरहरूसित प्रत्यक्ष सम्पर्क गर्ने प्लेटफर्म पनि यस एक्सपोले उपलब्ध गराउनेछ। सम्भावित घर किन्नेहरूले तत्काल डिजिटल होम लोन अफरहरू प्राप्त गर्न सक्नेछन् जसले न्यूनतम कागजात प्रक्रियासहित लोन आवेदन प्रक्रिया सहज बनाउनेछ। त्यससितै एक्सपोमा तत्काल लोन स्वीकृतिको सैद्धान्तिक स्वीकृति पत्र प्राप्त गर्न सकिनेछ जसले घर किन्ने प्रक्रियालाई अझ छिटो र विश्वासनीय बनाउनेछ।

सिलगढ़ी वासिन्दाहरूका लागि पीएनबी होम लोन एक्सपो 2025 पीएनबी सर्कल कार्यालय, युनाइटेड ब्याङ्क बिल्डिङ, हिल कार्ट रोडमा सम्पन्न हुनेछ। एक्सपो दुवै दिन बिहान 9.00 बजीदेखि बेलुकी 8.00 बजीसम्म चल्नेछ जसले सहभागीहरूलाई आफ्ना आवश्यकताअनुसार विभिन्न विकल्पहरू अन्वेषण गर्ने पर्याप्त समय उपलब्ध गराउनेछ।

गुणस्तरीय आवासको बढ्दो मागको कारण सिलगढ़ीको घरजग्गा बजार स्थिर रूपले वृद्धि भइरहेको छ। पीएनबी होम लोन एक्सपो 2025 स्थानीय बजारका लागि एक महत्त्वपूर्ण कार्यक्रम बन्ने अपेक्षा गरिएको छ जसले खरीदकर्ता र विक्रेताहरूलाई एकै ठाउँमा जोड्ने सुविधाजनक प्लेटफर्म प्रदान गर्नेछ। आकर्षक ब्याजदर र सरल लोन प्रक्रिया सिलगढ़ी बजारका लागि विशेष रूपमा उपयोगी हुनेछ जहाँ धेरै खरीदकर्ताहरूका लागि किफायती दर मुख्य चिन्ताको विषय हो। एक्स्पोमा स्थापित र उदीयमान घरजग्गा विकासकर्ता दुवैको उपस्थितिले सम्भावित खरीददारहरूलाई बजारको राम्रो अवलोकनको अवसर दिनेछ।

पीएनबी होम लोन एक्सपो 2025 लाई घर किन्ने आवश्यकता पूरा गर्ने वन-स्टप समाधानको रूपमा डिजाइन गरिएको छ। पहिलोपल्ट घर किन्न खोज्ने वा घरजग्गामा लगानी गर्न चाहनेहरूलाई यो एक्सपो एकदम उपयोगी हुनेछ। यहाँ आवश्यक स्रोतहरू, विशेषज्ञ सल्लाह र सहज लोन विकल्पहरू उपलब्ध गराइनेछ। थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले 1800 1800 वा 1800 2021 मा फोन गर्न सक्नेछन् वा नजिकैको पीएनबी शाखा भ्रमण गर्न सक्नेछन्। आफ्नो तपाईँलाई सपनाको घर किन्ने महत्त्वपूर्ण कदम चाल्ने अवसर हो।

By Business Bureau