दार्जीलिङ पहाड़मा हिउँ पर्ने सम्भावना

यसपल्ट सङ्क्रान्तिमा मौसम कस्तो रहला? पौष महीना लगभग अन्त्यतिर छ। सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ। तर अझसम्म खासै चिसो परेको छैन। चिसोले राज्यवासीलाई निरुत्साहित गर्न सकेको छैन। सङ्क्रान्तिमा के साँच्चै हाड़ कमाउने जाड़ो पर्नेछ? यो विषय धेरैको मनमा चलिरहेको छ। तर यसपल्ट पनि मौसम विभागले खुशीको खबर दिन सकेन। पश्चिमी वायुको प्रभावले फेरि उत्तरतिर चिसो हावा अवरुद्ध हुनेछ। त्यसैले यसपल्ट सङ्क्रान्ति पनि न्यानै हुनेछ। तर दार्जीलिङमा भने हिउँ पर्ने सम्भावना छ।
मौसम विभागअनुसार शनिवारसम्म बङ्गालमा जाड़ोको प्रभाव रहनेछ। सङ्क्रान्तिअघि नै उत्तर-पश्चिम भारतमा पश्चिमी वायु प्रवेश गर्नेछ। पौष सङ्रागान्तिको कठ्याङ्ग्रिने चिसोमा यस वायुले अवरोध पुर्यााउन सक्छ। शुक्रवार दक्षिण बङ्गालका धेरै जिल्लामा हल्कादेखि मध्यम कुहिरो लाग्ने सम्भावना छ। बिहान पूर्व र पश्चिम बर्धवान, वीरभूम, मुर्शिदाबाद, नदियामा कुहिरो लाग्ने सम्भावना अलिक बढ़ी छ। शनिवार कुहिरो अझै बढ्नेछ। अन्य जिल्लामा पनि बिहान हल्का कुहिरो लाग्न सक्छ। हालसम्म दक्षिण बङ्गालमा पानी पर्ने सम्भावना छैन।
शनिवार दार्जीलिङ, जलपाइगढ़ी, कोचबिहार, उत्तर दिनाजपुरमा घना कुहिरो पर्नेछ। उत्तर बङ्गालका अन्य जिल्लामा हल्कादेखि मध्यम कुहिरो देखिनेछ। सोमवार दार्जीलिङमा पानी र हिउँ पर्ने सम्भावना छ। कालेबुङको पहाडी क्षेत्रमा पनि पानी पर्नेछ। यसैबीच राजधानी दिल्लीमा धेरै घना कुहिरोको चेताउनी जारी गरिएको छ। पञ्जाब, हरियाणा, चण्डीगढ़, उत्तर प्रदेश, हिमाचल प्रदेश, बिहार, मध्य प्रदेश, झारखण्ड र उड़िस्सामा पनि घना कुहिरोको चेताउनी जारी गरिएको छ।

By Piyali Poddar