भारतीय दर्शकहरूलाई प्रिमियम हलिवुड कन्टेन्ट उपलब्ध गराउन भीआई र लायन्सगेट प्लेमाझ साझेदारी

मनोरञ्जन सेवामा सुधार गर्ने महत्वपूर्ण कदमको रूपमा भारतको प्रमुख टेलिकम अपरेटर भीआईले प्रिमियम स्ट्रिमिङ सेवा लायन्सगेट प्लेसित रणनीतिक साझेदारीको घोषणा गरेको छ। यस साझेदारीले भीआई मुभिज एण्ड टीभीका सब्सक्राइबरहरूलाई उच्च गुण स्तरको कन्टेन्टको विस्तृत शृङ्खला उपुलब्ध गराउनेछ जसमा जोन विक, द हङ्गर गेम्स र स जस्ता ब्लकबस्टर फ्र्यान्चाइजीहरूसहित विशेष प्रिमियरहरू, चर्चित चलचित्रहरू र पुरस्कार विजेता सिरिजहरू समावेश छन्।

यो साझेदारी तत्काल प्रभावकारी हुनेछ। यसको अर्थ यो हो कि लायन्सगेट प्ले भीआई मुभिज एण्ड टीभीका सबै सब्सक्रिप्शन योजनाहरूमा उपलब्ध हुनेछ चाहे ती पुराना ग्राहक हुन् वा नयाँ। यस साझेदारीले भीआईको ओटीटी पोर्टफोलियोलाई अझ बलियो बनाउनेछ जसमा पहिल्यै डिज्नी+ हटस्टार, सोनीलिभ, जिज साथै सन एनएक्सटी र मनोरमा म्याक्स जस्ता क्षेत्रीय कन्टेन्ट प्रोभाइडरहरू सामेल छन्।

भीआई मुभिज एण्ड टीभीका उपभोक्ताहरूलाई अब विश्वव्यापी हिटहरू अनि प्रतिष्ठित पुरस्कार समारोहहरूको समृद्ध चयन उपलब्ध हुनेछ जसमा प्राइमटाइम एम्मी अवार्ड्स, गोल्डन ग्लोब्स र बाफ्टा अवार्ड्स समावेश छन्। विविध अनि विशाल कन्टेन्ट लाइब्रेरीसित भीआई भारतीय दर्शकहरूलाई अप्रतीम मनोरञ्जनको अनुभव प्रदान गर्ने लक्ष्य राख्दछ जसमा हलिवुडको उत्कृष्टता, लाइभ टिभी च्यानलहरू र खेल सामग्री पनि समावेश छन्।

By Business Bureau