दूरसञ्चारको दिग्गज भोडाफोन आइडिया (भीआई) ले आफ्नो नयाँ सुपरहिरो वार्षिक प्याक प्रस्तुत गरेको छ जसले प्रयोगकर्ताहरूलाई दैनिक राति 12 बजीदेखि दिउँसो 12 बजीसम्म अनलिमिटेड डाटा उपलब्ध गराउँदछ। यस योजनाले मासिक योजनाहरूको तुलनामा 25% सम्म वचत गर्नेछ। यो कदम भारतमा तीव्र रूपले बढ़िरहेको उच्च गतिको डाटा र मनोरञ्जनको मागलाई पूरा गर्न लक्षित छ।
भीआईको सुपरहिरो प्याक तीन वर्गमा उपलब्ध छन्- ₹3,599, ₹3,699, र ₹3,799। यी योजनाहरूले बाँकी आधा दिनका लागि 2 जीबी दैनिक डाटा, वीकएण्ड डाटा रोलओभर र डाटा डिलाइट सुविधासहित आपतकालीन डाटा टप-अप सुविधा उपलब्ध गराउँछन्। साथै प्रिमियम योजनाहरूमा डिसनी+ हटस्टार मोबाइल वा एमाजोन प्राइम लाइटको वार्षिक सदस्यता समावेश छ जसले ओटीटी उत्साहीहरूका लागि थप मूल्य प्रदान गर्दछ।
केवल ₹10 प्रति दिन यी योजनाहरूले अतुलनीय किफायतीपन प्रदान गर्छन् जसले ग्राहकहरूलाई वार्षिक ₹1,100 भन्दा बढ़ी वचत गर्न सहयोग गर्दछ। अनलाइन कक्षाहरू अनि ओटीटी स्ट्रिमिङजस्ता डाटामा आधारित सेवाहरू हावी रहेको गुवाहाटीका प्रयोगकर्ताहरूसित कुराकानी गर्दा भीआईका योजनाहरूले व्यापक स्वीकृति पाउने अपेक्षा गरिएको छ। लचिलो डाटा विकल्पहरू र मनोरञ्जन सुविधाहरूको साथ यी योजना बढ्दो डिजिटल आकाङ्क्षाहरूसित मेल खान्छन्। महाराष्ट्र, केरला र पश्चिम बङ्गालसहित आठ सर्कलहरूमा उपलब्ध भीआईको सुपरहिरो प्याकले प्रतिस्पर्धात्मक दरमा नवीन समाधान प्रदान गरेर ‘डिजिटल भारत’ प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धतालाई बलियो बनाउँछ।