वर्तमान समयमा एकजना व्यक्तिको निम्ति मोबाइल अति आवश्यक वस्तु हो किनभने मोबाइलमार्फत पैसाको लेनदेन मात्र होइन तर मोबाइलमा महत्त्वपूर्ण कागजातहरू राखिन्छ। यदि कसैको मोबाइल हराए के हुन्छ? त्यति सोचले मात्र पनि मानिसहरू डराउँछन्। यस्तो घटना एकजना 60 वर्षीय वृद्ध व्यक्तिसँग भयो। तिनको नाम अश्विनी राय हो अनि तिनी बिहारका वासिन्दा हुन्। प्राप्त जानकारीअनुसार अश्विनी राय वार्ड नम्बर 41 शान्ति निकेतन कोलोनीबाट आफ्नो स्कूटरमा कतै जाँदै थिए। त्यसै क्रममा अचानक तिनको मोबाइल हरायो। जब तिनलाई थाहा भयो कि मोबाइल आफूसित छैन तब तिनले तुरुन्तै आफ्नो मोबाइलमा फोन गर्न थाले। मोबाइलको घण्टी त बजिरहेको थियो तर कसैले उठाएको थिएन। तर केही घण्टापछि फोन गर्दा कसैले फोन उठाएर भने, तपाईँको मोबाइल भक्तिनगर पुलिस थाना एकजना सज्जन व्यक्तिले जम्मा गरेका छन्। तपाईँ आएर लिन सक्नुहुन्छ। त्यस्तो सुनेर अश्विनी रायको मनलाई राहत अनुभव भयो। तिनी तुरुन्तै भक्तिनगर थाना पुगे र त्यहाँ आफ्नो मोबाइल फिर्ता पाएर पुलिसलाई धन्यवाद दिए।
पुलिसले तिनलाई बताए कि एकजना सज्जन व्यक्तिले तिनको मोबाइल बाटोमा फेला पारेका थिए। तिनै व्यक्तिले भक्तिनगर पुलिस थानामा मोबाइल जम्मा गरिदिए। यस घटनाबारे अवकाशप्राप्त कर्मचारी अश्विनी रायले भने, आज पनि दुनियाँमा मानवता जिउँदै छ। आफ्नो हराएको मोबाइल फिर्ता पाउँदा म अत्यन्तै खुशी छु। तिनले उक्त सज्जन व्यक्ति र पुलिसप्रति कृतज्ञता व्यक्त गरे।