नगरनिगमको छेउको गल्लीमा रोटी र करी पसलहरूमा मानिसहरूको व्यापक भीड़ जम्मा हुन्छ। त्यसै भीड़को कारण सड़कमा आवतजावत गर्न मानिसहरूलाई समस्या भइरहेको छ। भीड़को वाहनहरू पार्किङ गर्दा सड़क अवरुद्ध भइरहेको छ। त्यसैको नजिक सिलगढ़ी गर्ल्स हाई स्कूल र सिलगढ़ी कलेज छन्।
ट्राफिक जामले विद्यार्थीहरूले समस्या भोगिरहेका छन्। उक्त सड़कलाई दखलमुक्त गर्न मेयर गौतम देवले निर्देश दिएका छन्।बिहीवार नगरनिगम जाने क्रममा मेयरले सड़क अतिक्रमण गरिएको देखे। त्यसपछि नगरनिगमका अधिकारीहरूलाई साथमा लिएर तिनी त्यहाँ पुगे।
सड़क अतिक्रमणबारे बोल्दै मेयरले भने, महत्त्वपूर्ण सड़कहरू कब्जा भइसकेका छन्। पसलमा आउनेहरूले मोटर साइकल–स्कूटर सड़कमै पार्किङ गर्छन्। त्यसो हुँदा सड़कमा आउजाउ गर्ने मानिसहरूलाई समस्या भइरहेको छ। अब सड़क दखलमुक्त गर्न हामी व्यापारीहरूलाई नोटिश दिनेछौँ।