ठण्डा महीनाको आगमनसितै फूलबारी महानन्दा ब्यारेजमा प्रवासी चराहरू आउन थालेका छन्। अन्य संरक्षित उद्यानहरूमा जस्तै सिलगढ़ीनजिक रहेको फूलबारी ब्यारेजमा थुप्रै प्रजातिका विदेशी पक्षीहरूलाई देख्न पाइनेछ। फूलबारी महानन्दा ब्यारेज इलाकामा प्रत्येक वर्षको ठण्डा याममा विभिन्न प्रजातिका प्रवासी चराहरू देख्न पाइने स्थानीय मानिसहरूले बताए।
पछिल्ला वर्षहरूको तुलनामा यो वर्ष प्रवासी चराहरू अगावै आइपुगेका छन्। चराहरूको आगमनपछि सिजन पनि आरम्भ भइसकेको छ। यी चराहरू विभिन्न क्षेत्रहरूबाट आउँछन् तिनमा मोङ्गोलिया, तिब्बत, दक्षिण अफ्रिका, साइबेरिया अनि अन्य देशहरू सामेल छन्।
विभिन्न प्रजातिका प्रवासी चराहरू हेर्न बर्डवाचरहरू उत्साहित छन्। यता स्थानीय मानिसहरू भने चराहरूको सुरक्षाप्रति सतर्क छन् साथै चराहरूलाई कसैले बिघ्न उत्पन्न नगरो