विश्व पोलियो दिवसको अवसरमा विशेषज्ञहरूले पोलियोविरुद्ध लडाइँमा सतर्कता जारी राख्नुपर्ने विषयमाथि जोड दिए जबकि छिमेकी देश अफगानिस्तान र पाकिस्तानमा यसको विस्फोटले यस रोगलाई वैश्विक जोखिमको रूपमा प्रस्तुत गरेको छ। भारतले गत १२ वर्षमा पोलियो उन्मूलनमा उल्लेखनीय सफलता प्राप्त गरे तापनि यसको पुनरागमनको जोखिम गम्भीर चिन्ताको विषय बनिरहेको छ।
सिलगढीस्थित न्युबोर्न चाइल्ड केयर क्लिनिकमा पेडियाट्रिक्स एण्ड नियोन्याटोलोजीका सिनियर कन्सलटेन्ट डा प्रिन्स पारखले भारतको वर्तमान पोलियोमुक्त स्थितिलाई बचाएर राख्नुपर्ने आवश्यकतामाथि जोड दिए। तिनले भने, ‘यो केवल विगतका उपलब्धिहरूको उत्सव मनाउने समय मात्र नभई नियमित खोपद्वारा प्रत्येक शिशुको सुरक्षालाई सुनिश्चित गर्ने समय पनि हो।’ भारतद्वारा चलाइएको खोप अभियान व्यापक थियो जसमा वार्षिक १७२ मिलियन शिशुहरूलाई १ बिलियन भन्दा बढी पोलियो खोपको डोज दिइएको अन्तिम रिपोर्टबाट थाहा लाग्छ।
भारतबाट पोलियो समाप्त गरिए पनि यो भाइरस विश्वभरि फैलिरहेको डाक्टरले बताए। जानकारीका अनुसार, इन्डियन एकाडेमी अव् पेडियाट्रिक्सले सामुदायिक प्रतिरक्षालाई सुनिश्चित गर्न राष्ट्रिय खोप कार्यक्रमलाई कठोरतासित पालन गर्न सल्लाह दिइरहेको छ भी डा. प्रिन्स पारखले एक प्रेस विज्ञप्तिमा भनेका छन्।