उत्कर्ष स्मल फाइनेन्स ब्याङक लिमिटेड (उत्कर्ष एसएफबीएल) ले आज कोलकाताको चिन्नार पार्कमा आफ्नो नयाँ ब्यांकिङ आउटलेटको उद्घाटन गरेको घोषणा गरेको छ। यस शुभारम्भसँगै, ब्याङकले स्थानीय समुदायका लागि ब्यांकिङ सेवाहरूमा थप पहुँच सुनिश्चित गर्दै राज्यमा आफ्नो उपस्थितिलाई निरन्तरता दिइरहेको छ। विस्तारको बारेमा टिप्पणी गर्दै, उत्कर्ष स्मल फाइनेन्स ब्याङक लिमिटेडका एमडी र सीईओ श्री गोविन्द सिंहले भने, “हामी पश्चिम बंगालमा हाम्रो ब्यांकिङ नेटवर्क विस्तार गर्न पाउँदा खुसी छौं। चिन्नार पार्क आफ्नो सांस्कृतिक धरोहरको लागि प्रसिद्ध छ र यो राज्यमा हाम्रो उपस्थितिलाई सशक्त बनाउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो। यस ब्यांकिङ आउटलेटको उदघाटनले स्थानीय समुदायलाई ब्यांकिङ सेवाको पहुँचमा सहयोग पुर्याउने मात्र नभई स्थानीय समुदायभित्र आर्थिक विकास, वित्तीय समावेशीकरण र सशक्तिकरणमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ।”
ब्याङकले आफ्ना ग्राहकहरूलाई बचत तथा चालू खाताहरू, सावधि र आवर्ती जम्मा लगायतका वित्तीय उत्पादन तथा सेवाहरूको श्रृंखला उपलब्ध गराउने स्थितिमा रहेको छ। ब्याङकले आफ्ना ग्राहकहरुको आकांक्षाहरूलाई पूरा गर्न आवास ऋण, व्यवसाय ऋण र सम्पत्ति विरुद्ध ऋणजस्ता विभिन्न ऋण प्रदान गर्दछ। आफ्नो ब्यांकिङ आउटलेट पूर्वाधार, डिजिटल ब्यांकिङ क्षमता र एटीएम नेटवर्कको साथ ब्याङकले एकीकृत ग्राहक सेवा प्रदान गर्दछ। यसबाहेक, ब्याङकले इन्टरनेट ब्यांकिङ, मोबाइल ब्यांकिङ, युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) र कल सेन्टरजस्ता धेरै च्यानलहरू उपलब्ध गराउँछ।
उत्कर्ष एसएफबीएलले लघु-ब्यांकिङ ऋण (जेएलजी ऋण), एमएसएमई ऋण, आवास ऋण र सम्पत्ति विरुद्ध ऋण लगायत समाजका अन्य खवर्गहरूलाई सेवा दिँदै सेवा नपुगेका र सेवादेखि वन्चित ग्राहक वर्गहरूलाई वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ। साथै, ब्याङकले ग्राहकहरूलाई ट्याब्लेटमा आधारित एप्लिकेसन असिस्टेड मोडल, “डिजि अन-बोर्डिङ” मार्फत शाखामा नगइकन ब्याङक खाता खोल्नको लागि सुविधा प्रदान गर्दछ।