स्लाइस अनि नर्थ ईष्ट स्मल फाइनेन्स ब्याङ्कको ऐतिहासिक विलय भयो पूरा

भारतको वित्तीय क्षेत्रमा एक महत्त्वपूर्ण विकासमा अग्रणी उपभोक्ता भुक्तान अनि ऋण दिने कम्पनी स्लाइसको 27 अक्टोबर 2024-सम्म नर्थ ईष्ट स्मल फाइनेन्स ब्याङ्क (एनईएसएफबी) सँग सफलतापूर्वक विलय भएको छ। सबै आवश्यक शेयरधारक अनि नियामक स्वीकृतिहरू सुरक्षित गरेपछि अन्तिम रूप दिइएको यो विलय स्लाइसको नयाँ फिनटेक क्षमताहरूलाई एनईएसएफबीको स्थापित ब्याङ्किङ ढाँचासँग जोड़्नेछ। यसमार्फत विकासका लागि तयार एक एकल, एकीकृत एकाईको निर्माण हुनेछ।


विलयको उद्देश्य पूर्वोत्तरमा ब्याङ्कको उपस्थिति बढ़ाउनु रहेको छ। यहाँ एनईएसएफबीको दह्रिलो उपस्थिति छ। यस एकीकरणबाट वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न अनि क्षेत्रमा आर्थिक विकासलाई प्रोत्साहित गर्नुका लागि उन्नत प्रविधिको फआइदा उठाउने आशा रहेको छ। दह्रिलो वित्तीय आधारको साथमा विलयपछि बनिएको एकाई बचत खाताहरू, फिक्स्ड डिपोजिट, र क्रेडिट उत्पादनहरू लगायत आफ्नो प्रस्तावहरू विस्तार गर्ने योजना बनाएको छ।

विलयमाथि विचार गर्दै स्लाइसका संस्थापक एवं प्रमुख कार्यकारी अधिकारी तथा विलयबाट बनिएको एकाईका कार्यकारी निदेशक राजन बजाजले भने, “एक वर्षभन्दा अधिक समयदेखि स्लाइस अनि एनईएसएफबीका टोलीहरूले यस विलयलाई यथार्थ बनाउनका लागि अथक परिश्रम गरिरहेका छन्। हामी विशेष रूपले पूर्वोत्तरमा आफ्नो जरा दह्रिलो गर्नका लागि प्रतिबद्ध छौँ अनि अधिक मानिसहरूलाई औपचारिक ब्याङ्किङ प्रणालीमा ल्याउने प्रयास गरिरहेका छौँ।”

By Business Bureau