पश्चिम बंगालमा आफ्नो उपस्थिति दहिलो गर्दै महिन्द्रा ट्रक एण्ड बस

महिन्द्राको ट्रक अनि बस डिविजन (एमटीबीडी) ले पश्चिम बंगाल राज्यका लागि कोलकातामा एक अत्याधुनिक डिलरशिपको उस्त्राटन गर्यो। यसमा १४ सर्विस बे सामेल रहेको छ, जसले प्रतिदिन २८ देखि अधिक वाहनहरूको सर्विस गर्नसक्छ। योसँगै चालक आवास, २४ घण्टा ब्रेकडाउन सहायता अनि एडब्लू उपलब्धता पनि प्रदान गर्न सक्ने छ। महिन्द्रा ब्लेजो एक्स, फुरिओ, अप्टिमो अनि जयो भारतमा एक मात्र सीवी ट्रक श्रेणी हो।

यो श्रेणी सर्वश्रेष्ठ ईन्धन दक्षता लगायत दोहोरो सेवा ग्यारेण्टी दिन्छ। यसवाहेक महिन्द्रा ट्रक अनि बस, रामकृष्ण मिशन संस्थानको साथ साझेदारीमा बेलूर मठमा एक क्षेत्रीय प्रशिक्षण केन्द्र सञ्चालित छ। यसले गत वर्षहरूमा १,१०० भन्दा अधिक प्राविधिकहरूलाई प्रशिक्षित गरेको छ। यस अतिरिक्त कोलकातामा १२ वर्षदेखि सञ्चालित एक द्रुत प्रतिक्रिया केन्द्र, ८,००० वर्ग फूटको सुविधामा समयमा स्पेयर पार्टस आपूर्ति सुनिश्चित गर्छ।

यस अवसरमा बोल्दै एएफसीका अध्यक्ष एवं प्रमुख खरिद अधिकारी, एयरोस्पेस अनि रक्षा क्षेत्रका अध्यक्ष, एमटीबीडी अनि सीईका अध्यक्ष साथै समूह कार्यकारी बोर्डका सदस्य विनोद सहायले भने, ‘अत्याधुनिक ३ एस सुविधा दहिलो डिलर साझेदारहरूको साथ पाएर हाम्रो मूल्यवान ग्राहकप्रति हाम्रो सेवामा उच्च मानक स्थापित गर्नेछ भन्ने कुरामा म दृढ़ विश्वस्त छु।’

By Business Bureau