यूएई, चीन र अमेरिकाका अन्तरिक्षयानहरू किन एकै समयमा ‘रातो ग्रह’मा?

आगामी केही दिनहरू मङ्गल ग्रहसम्बन्धी अनुसन्धानका लागि एकदमै व्यस्त दिनका रूपमा रहनेछन्।रातो ग्रह पनि भनिने मङ्गलको कक्षमा मङ्गलवार संयुक्त अरब एमिरेट्स र बुधवार चीनले आफ्ना अन्तरिक्ष यान पठाएका छन् भने अमेरिकाले पनि यसै महिना आफ्नो यान पठाउन लागेको छ।

यी अन्तरिक्ष अभियानको उद्देश्य मङ्गल ग्रहको भूबनोट तथा वायुमण्डलबारे अध्ययन गर्ने र प्राचीन सूक्ष्मजीवको अस्तित्वका सम्भावित सङ्केतहरू पत्ता लगाउने रहेको छ।यूएईले आफ्नो यान पठाएको भोलिपल्ट चीनको तिआन्वेन-१ यान मङ्गल ग्रहको कक्षमा प्रवेश गरेको छ भने अमेरिकी अन्तरिक्ष संस्था नासाको पर्सभीअरन्स अभियान फेब्रुअरी १८ तारिखमा त्यहाँ पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *