कोरोनाबाट थप २ को मृत्यु, १६० जनामा संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार नेपालमा १ सय ६० जना संक्रमित थपिएका छन् भने १६५ जना निको भएर घर फर्किएका छन् ।

यस्तै, काठमाडौं उपत्यकामा ७९ जना संक्रमित थपिएका छन् । ती मध्ये काठमाडौं जिल्लामा ६७,भक्तपुरमा ५ र ललितपुरमा ७ जना रहेको मन्त्रालयले जनाएको छ ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ छ । यस्तै हालसम्म नेपालमा २ लाख ७२ हजार २ सय १५ जनामा कोरोना देखिएको छ भने २ लाख ६८ हजार ४ सय ३१ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *