सिलगढीको खाल्पाडा क्षेत्रमा फोहोरको थुप्रोमा नवजात शिशुको शव भेटिएपछि सनसनी फैलिएको छ

सिलगढी : सिलगढी सहरको खाल्पाडा क्षेत्रमा बुधबार राति नवजात शिशुको शव फेला परेपछि हलचल मच्चिएको छ। फोहोरको थुप्रोबाट मृत नवजात शिशुको शव फेला परेको छ।

सिलगढीको खाल्पाडा चौकी क्षेत्रका स्थानीय  विवेकानन्द रोड क्षेत्रमा सनसनी फैलियो। फोहोरको थुप्रोबाट प्लाष्टिक निकाल्ने क्रममा एक महिलाले नवजात शिशुको शव देखेकी स्थानीयले बताए।

स्थानीयले घटनाबारे सिलगढी थानाको खाल्पाडा चौकीका प्रहरीलाई खबर गरेका थिए।  खाल्पाडा चौकी प्रहरीले आएर शव निकालेर अस्पताल पठाएको थियो ।