‘कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक विज्ञले कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट फैलिएको नदेखिएको जनाएका छन् ।

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनको वुहान पुगेका डब्लूएचओका खाद्य सुरक्षा तथा जीवसम्बन्धी रोगविज्ञ पिटर बेन एम्बरेकले भ्रमण सक्नुअघि उक्त जानकारी दिएका हुन् । ‘हाम्रो प्रारम्भिक अध्ययनको नतिजाले त्यस्तो भएको देखाएन । यसबारे थप अध्ययन र ठोस र लक्षित अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ एम्बरेकले भने ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको ठानिएको छ । तर कतिपय देशका नेताहरूले कोरोनाको भाइरस चीनका प्रयोगशालाबाट चुहावट भएको दाबी गरेका थिए ।

वुहानको माछा बजारमा पहिलोपटक भाइरसको संक्रमण देखिएको जनाएको चीनले उक्त आरोपको बारम्बार खण्डन गर्दै आएको छ । त्यसबारे अनुसन्धान गर्न जनवरी १४ मा डब्लूएचओको टोली वुहान पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *