सिक्किमलाई ध्यानमा राखेर कोलकातामा शुरू गरिंदै ‘म्यानचेस्टर सिटी फूटबल स्कूल’

टेक्नो इन्डिया ग्रुप अनि म्यानचेस्टर सिटी फूटबल क्लबले पश्चिम बङ्गालमा ‘म्यानचेस्टर सिटी फूटबल स्कूल’ शुरू गर्न साझेदारी गरेको छ। यसको उद्देश्य भारतमा फूटबल प्रशिक्षणमा क्रान्ति ल्याउनु रहेको बताइएको छ।

३ वर्षदेखि १७ वर्षसम्म उमेरका युवाहरूलाई लक्ष्यित गर्दै यो स्कूलमा ‘म्यानचेस्टर सिटी’का विशिष्ट प्रशिक्षकहरूद्वारा उत्कृष्ट प्रशिक्षण प्रदान गरिनेछ तथा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्न तयार पारिनेछ। यो पहलले सिक्किममा फूटबल अनि खेल शिक्षामा बढ्दो रुचिको कारण ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

 यसमा टेक्नो इन्डिया ग्रुपका देबदत्त रोयचौधरी अनि सिटी फूटबल ग्रुपका जोर्जिना बुस्केट्सले अद्वितीय शैक्षिक अनुभवमाथि प्रकाश पारेको एक प्रेस विज्ञप्तिमार्फत जनाइएको छ।