“बी स्पेलबाउण्ड’’ मार्फत युवा मस्तिष्कलाई प्रेरित गर्दै एसबीआई लाइफ अनि मिर्ची

एसबीआई जीवन बीमा अनि मिर्ती स्पेल बी 2024-को 14औं संस्करणको आयोजना गर्नको निम्ति साझेदारी गरिरहेको छ। यो आत्म-खोज अनि नेतृत्वलाई बढ़ावा दिने उद्देश्यको एक प्रतियोगिता हो। यस प्रतियोगिता 30 शहरहरूमा आयोजन गरिनेछ अनि 500 भन्दा अधिक विद्यालयहरूका 3 लाखभन्दा अधिक विद्यार्थीहरूको सहभागिता रहनेछ।

शीर्ष 50 प्रतियोगीहरूले राष्ट्रिय तहको फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। यहाँ अन्तमा “स्पेलमास्टर अफ् इण्डिया 2024’’ ले रु. 1 लाख प्राप्त गर्नेछन् अनि हङकङको डिस्नील्याण्डको यात्राको अवसर पाउनेछन्।

एसबीआईका प्रमुख कार्यकारी अधिकारी रविन्द्र शर्माले यस कार्यक्रमको भूमिका शैक्षणिक अनि जीवनका चुनौतीहरूसँग जुझ्नको निम्ति युवा मस्तिष्कहरूलाई सशक्त बनाउनु रहेको कुरामाथि जोर दिएका छन्।