जिन्दल्सद्वारा ‘सम्पूर्ण’-को भव्य उद्घाटन

विगत ७० वर्षभन्दा अधिक समयदेखि उत्तरी बंगालमा जातीय पहिरन थोक उद्योगमा एक प्रमुख नाम जिंदल फ्याबटेक्स प्रा. लि.-ले पश्चिम बंगालको सिलगढीमा जिंदल्सद्वारा आफ्नो पहिलो रिटेल स्टोर ‘सम्पूर्ण’-को भव्य उद्घाटन गरेको घोषणा गर्वसाथ गर्दछ।

जिंदल्सको फेसनले जातिय तथा पश्चिमी दुवै प्रकारका पहिरनहरूको बेजोड चयन प्रदान गर्दै सम्पूर्ण फेसन प्रेमीहरूको निम्ति एक उत्कृष्ट गन्तव्य हुने वाचा गर्दछ। लहंगा, साडी र अनौपचारिक पहिरनको विस्तृत श्रृंखलाको लागि परिचित ‘सम्पूर्ण’-ले विवाह र विशेष कार्यक्रमहरूका लागि उत्कृष्ट जातीय पहिरन संग्रहहरू प्रदान गर्दै सिलगढीको सबैभन्दा राम्रो लहंगा पसल र सबैभन्दा ठूलो विवाह पसल बन्न तयार छ। चाहे तपाईं बेहुलीको निम्ति उत्कृष्ट पहिरन खोज्दै हुनुहुन्छ वा आकर्षक अनौपचारिक पोशाक खोज्दै हुनुहुन्छ भने दुवैका निम्ति अन्तिम गन्तब्य ‘सम्पूर्ण’ नै हो।

पसलका मालिक साहिल सरावगीले ‘सम्पूर्ण’मा उत्पादनहरूको विशाल विविधता र सुलभतामाथि जोड दिँदै भने, “हामी सबैका लागि उपयुक्त हुने विस्तृत श्रृंखला प्रस्ताव गर्छौं। सिलगढीमा अरू कुनै पसलमा हाम्रोजस्तो सङ्कलन छैन। हामीले किनमेललाई अझ सहज बनाउन ६ महिनाभित्र अनलाइन सेवाहरू शुरू गर्ने योजना समेत बनाएका छौं।” दुर्गा पूजा सिजन र पसलको भव्य उद्घाटनको लागि विशेष अफरको रूपमा, ‘सम्पूर्ण’-ले प्रत्येक किनमेलमा निःशुल्क उपहारहरू उपलब्ध गराउँदै छ। ग्राहकहरूले असाधारण मूल्यको साथ एक अद्वितीय किनमेल अनुभवको आनन्द लिन सक्नेछन्।