आईसीआईसीआई प्रुडेन्शियल जीवन बीमा कम्पनीको सम्पत्ति 3 लाख करोड़ रुपियाँ नाघ्यो

आईसीआईसीआई प्रुडेन्शियल जीवन बीमा कम्पनी लिमिटेडले प्रबन्धन अधीन परिसम्पत्तिहरू (एयूएम)-मा 3 लाख करोड़ रुपियाँ नाघ्ने महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। यो जानकारी प्रबन्ध निदेशक एवं प्रमुख कार्यकारी अधिकारी अनूप बाग्चीले दिएका छन्।

31 जुलाई 2024-सम्म कम्पनीको एयूएम 3.14 लाख करोड़ रुपियाँ रहेको छ। बाग्चीले समाजको वित्तीय सुरक्षा, धन सिर्जन अनि सेवानिवृत्ति आय प्रदान गर्नको निम्ति कम्पनीको प्रतिबद्धतामाथि जोर दिएका छन्। कम्पनीका प्रविधि समाधानहरूले जीवन बीमालाई सरल बनाएको छ।

नयाँ उत्पाद विकसित गरिएको छ अनि उपभोक्ता अनुभवलाई उत्कृष्ट बनाएको छ। वित्तीय वर्ष 2024-मा आईसीआईसीआईको दावी निपटान अनुपात 99.17 प्रतिशत रहेको छ, जुन उद्योगमा सर्वश्रेष्ठ मध्ये एक हो।