टोयोटा द्वारा वाहन वित्तपोषणमा क्रान्तिकारी परिवर्तनको निम्ति युनियन ब्याङ्कसँग साझेदारी

टोयोटा किर्लोस्कर मोटरले सम्पूर्ण भारतमा उपभोक्ताहरूको निम्ति पहुँच अनि सामर्थ्य बढ़ानका लागि नयाँ वाहन वित्तपोषण समाधान प्रदान गर्नको निम्ति युनियन ब्याङ्क अफ् इण्डियासँग साझेदारी गरेको छ।

यस साझेदारी अन्तर्गत नयाँ वित्तपोषण योजनाहरू शुरु गरिएको छ, जुन निजी उपयोगको निम्ति टोयोटा वाहनहरूको सड़कमा आइपुग्दाको मूल्यमा 90 प्रतिशतसम्म कवरेज प्रदान गर्दछ। यसमा कुनै फोरक्लोजर या आंशिक भुक्तानी शुल्क छैन। युनियन ह्वेकल स्कीमले 84 महिनासम्म लचिलो अवधि अनि 8.80 प्रतिशत प्रति वर्षबाट शुरु हुने प्रतिस्पर्धी ब्याज दर प्रदान गर्ने गर्छ।

टीकेएमको बिक्री सेवा प्रयुक्त कार व्यापारका उपाध्यक्ष सबरी मनोहरले यस पहलको लक्ष्यमाथि प्रकाश पारे, जुन उपभोक्ता अनुभवलाई उत्कृष्ट बनाउन तथा विशेष रूपले ग्रामीण अनि अर्द्ध-शहरी क्षेत्रहरूमा समर्थन प्रदान गर्दछ।