महिन्द्राद्वारा भारतीय खेतीमा क्रान्ति ल्याउनको निम्ति उन्नत रोटावेटर प्रविधिको घोषणा

विश्वको सबैभन्दा ठूलो ट्र्याक्टर निर्माता कम्पनी महिन्द्राले फार्म इक्विपमेण्ट सेक्टर भारतीय खेतीको निम्ति रोटावेटरको एक श्रृंखला प्रस्तुत गरिरहेको छ। “इण्टेलिजेण्ट रोटावेटर’’ एक ब्लूटूथसँग जोड़िएको रोटावेटर हो। यसलाई सठीकता अनि दक्षताको निम्ति डिजाइन गरिएको छ। महिन्द्राको रोटावेटर 15 देखि 70 एचपीसम्मको ट्र्याकरहरूसँग मिल्दोजुल्दो छ। यसले विभिन्न माटोको स्थितिहरूमा ईष्टतम प्रदर्शन प्रदान गर्दछ। रोटावेटर महिन्द्राको डिलरशीप नेटवर्कको माध्यमद्वारा उपलब्ध छ। यो सहजै वित्तपोषण, दुई वर्षको वारण्टी अनि बिक्रीपछि दह्रिलो सेवा प्रदान गर्ने रहेको छ।