वीद्वारा अनौंठो पहल आर्टिसन्स अफ् इण्डियाको शुभारम्भ

भारतको अग्रणी दूरसञ्चार सञ्चालक वीले स्थानीय कारीगरहरूको शिल्पकलाको उत्सव मनाउने एक अनौंठो पहल आर्टिसन्स अफ् इण्डियाको शुभारम्भ गरेको छ। युनिवर्सल स्माइल, ईएसएससीईएनटी, परिवर्तन स्कूल फर स्पेशली एबल्ड चिल्ड्रन, श्वास समिति-स्वास्तिक हस्तशिल्प महिला कल्याण एसोसिएशन अनि दिशा शक्ति स्वयं सहायता समूह जस्ता गैर सरकारी संगठनहरूको साथमा साझेदारी गर्दै धेरै राज्यहरूमा वी स्टोर्समा 60 भन्दा अधिक प्रतिभाशाली कारीगरहरूलाई प्रदर्शन गरियो। स्थानीय समुदायहरूलाई सहयोग गर्ने र भारतको कलात्मक सम्पदाको संरक्षण गर्न वीको प्रतिबद्धता स्पष्ट रहेको छ।