जोयवीरपारा चिया बगानमा हात्तीले बच्चा जन्माएको छ

अलिपुरद्वार (न्युज एशिया) चिया बगानमा पोथी हात्तीले बच्चा जन्माइन् । अलिपुरद्वार जिल्लाको मदारीहाट बीरपारा खण्डमा रहेको जोयबीरपारा चिया बगानमा हिजो राति जङ्गली हात्तीको एउटा समूह जोयबीरपारा चिया बगानमा प्रवेश गरेको थियो।

बथानका सबै हात्तीहरू जङ्गलमा गए तर एउटा पोथी हात्ती चिया बगानमा नै रह्यो । त्यहाँ पोथी हात्तीले एउटा बच्चा जन्माइन् ।

आज बिहान हात्ती र बच्चालाई इलाकावासीले देखेपछि डलगाउँ रेन्जका कर्मचारी र घटनास्थल पुगेर हात्ती र बच्चालाई जंगलमा पठाउन सफल भएका थिए ।